कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
माघ २४, २०७८
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अमेरिकी अधिकारीलाई दिएको आश्वासनअनुसार एमसीसी अनुमोदनका लागि सक्रिय बनेपछि सत्ता गठबन्धनमा खटपट शुरू भएको हो । यहीबीचमा देउवा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र लेखेपछि थप तरंग उत्पन्न भएको छ । सो पत्रपछि माओवादीभित्र नै तीव्र मतभेद देखिएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्न पार्टीले कुनै पनि हालतमा नसघाउने बताएका छन् । ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ’, उनले भने । यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नमिले उनको स्पष्टोक्ति थियो ।
यता अर्का नेता लीलामणि पोखरेलले बरु गठबन्धन टुटोस् तर एमसीसी पारित हुन नसक्ने बताएका छन् । यसअघि नै सत्ता घटन जनमोर्चा एमसीसीको विरोधमा आन्दोलित बनिसकेको छ भने नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा देखिँदैन ।
एमसीसीको पक्षमा काँग्रेस एकमत रहेको सन्दर्भमा सत्ता घटक बीच भने एकमत हुन नसक्दा गठबन्धनमा खटपट देखिएको हो।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको सचिवालयले प्रचण्डले एमसीसीलाई लेखेको पत्रबारे प्रष्टिकरण गरेको छ ।
आइतवार साँझ प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दवाव भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि सो पत्र लेखिएको बताएको छ ।
००००
यता नेकपा एमालेले भने एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले पनि आफ्नो धारणा ल्याउने बताएको हो ।
००००
यसैबीच एमसीसीलाई लिएर सत्ता गठबन्धनमा खटपट शुरू भएका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । एमसीसीको पत्र सार्वजनिक भएर प्रचण्ड अप्ठ्यरोमा परेका बेला देउवाले ओलीसँग भेट गरेर अर्थपूर्ण सन्देश दिन खोजेका छन्, यद्यपि आइतवार बालुवाटारमा भएको भेटमा प्रचण्ड पनि सहभागी थिए ।
सरकारका छँदा एमसीसी पास गर्ने तयारी गरेका ओली प्रतिपक्षमा गएपछि मौन बसेका छन् । गठबन्धनले दृष्टिकोण नबनाएको भन्दै एमालेले एमसीसीबारे आधिकारिक धारणा बनाएको छैन । नेकपा माओवादीले एमसीसीमा समर्थन नगरे एमालेले सघाउने कांग्रेसको विश्वास छ ।
००००
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको बताए । बालुवाटार बैठकमै प्रचण्डले एमसीसी चुनावसम्म रोक्न प्रस्ताव गरेको खबरहरु पनि आएका छन् ।
००००
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरेका छन् ।
थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
लोकान्तर राउण्ड अपमा अब अन्य समाचारः
कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल ९कार्चेन० लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
००००
प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले पनि आइतबार नै शपथ लिएका छन् ।
मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङबो, सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, स्वास्थ्य मन्त्ती जयराम यादव, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राईलाई नियुक्त गरेका हुन् ।
त्यस्तै पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा (लिम्बू), कृषि मन्त्री झलकबहादुर मगर, वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा, उद्योग श्रम तथा रोजगार मन्त्री ओमप्रकाश सरावागी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्ती प्रतापप्रकाश हाङगाम, यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरिएको हो ।
गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो ।
००००
बितेका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नौ हजार २५१ नमूना परीक्षण गरिएको थियो । छ हजार ४४३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबारसम्म नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख ६८९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।
००००
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमवारबाट हटेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । यस्तै काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू पनि सञ्चालनमा आउने भएका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् । आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् ।
००००
शेयर बजार मापक नेप्से परिसूचक आइतवार ४०.५७ अंकले घटेको छ ।
साताको पहिलो दिन नेप्से १.४१ प्रतिशतले घटेर २८३६.१७ बिन्दुमा आएको छ । बजार घटेको भए पनि शेयर बजारमा पाँच अर्ब ८३ करोड ६४ लाख रूपैयाँको कारोबार भएको छ ।
००००
भारतकी चर्चित तथा अग्रज गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । लता मंगेशकर करीब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...