×

NMB BANK
NIC ASIA

युद्धको नयाँ युग शुरू, प्रयोग गर्न थालिए सशस्त्र ड्रोन

माघ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संसारका युद्धको तरिका बदलिन थालेको छ । पहिलेपहिले लडाइँमा ड्रोन सैन्य महाशक्तिहरूले मात्र गर्ने गर्थे । तर अब यो विद्रोही र साना मुलुकहरूले समेत उपयोग गर्न थालेका छन् । 

Muktinath Bank

ड्रोनलाई युद्धको प्रतिष्ठित प्रतीक तबदेखि मान्न थालियो जबदेखि त्यसमा हेलफायर मिसाइल जडान गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि आएको रीपरलाई हन्टर किलर ड्रोनका रूपमा विकसित गरियो । यसअघिका ड्रोनहरूभन्दा यसको रेन्ज धेरै छ । अनि यसले बढी तौल भएका सैन्य उपकरण पनि लैजान सक्छ । 


Advertisment
Nabil box
Kumari

यी किलर ड्रोनहरूलाई अमेरिकाले शत्रुमाथि निशाना लगाउनका लागि उपयोग गर्छ । शत्रुले कल्पना समेत नगरेको ठाउँमा यी ड्रोनहरूले क्षति पुर्‍याउँछन् । 

Vianet communication
Laxmi Bank

यही रीपर ड्रोनले इरानका जनरल कासिम सुलेमानीलाई सन् २०२० मा बग्दाद विमानस्थल बाहिर हत्या गरेको थियो । 

कम समयका लागि मात्र युद्ध ड्रोनको क्षेत्रमा अमेरिका र इजरायलको बोलबाला रह्यो । यसलाई युद्ध ड्रोनको पहिलो युग मानिन्छ । 

तर अहिले परिस्थिति निकै बदलिइसकेको छ । 

युद्ध ड्रोन बनाउने नयाँ देशहरू पनि युद्धभूमिमा आएपछि नयाँ युगको आरम्भ भएको छ । ड्रोनको उपयोग आतंकवादविरुद्धको युद्धबाट अगाडि बढेर पारम्परिक युद्धमा परिणत भइसकेको छ । अहिले ड्रोनको प्रविधि निकै जटिल छ र कृत्रिम बौद्धिकतासँग पनि यो जोडिएको छ । 

हालै टिग्रेमा पिपुल्स लिबरेसन फ्रन्टका विद्रोहीहरूमाथि इथियोपिया सरकारले ड्रोन आक्रमण गरेको छ । 

इथियोपिया सरकारले टर्की र इरानसँग सशस्त्र ड्रोन किनेको छ । संयुक्त अरब अमिरात (यूएई) मार्फत चीनको विङ लुङ २ ड्रोनमा पनि इथियोपियाले पहुँच बनाएको बताइन्छ । यूएईले यसैगरी लिबियाको गृहयुद्धमा आफ्ना सहयोगी जनरल खलीफा हफ्तारलाई पनि धेरैवटा चिनियाँ ड्रोन दिएको थियो । 

सशस्त्र ड्रोनहरूको निर्णायक असर पनि देखिएको छ । नागोर्नो काराबाख युद्धमा पनि ड्रोनको प्रमुख भूमिका थियो । 

टर्कीबाट प्राप्त ड्रोनका कारण अजरबैजानको सेनाले आर्मेनियाको विवादित क्षेत्रमा नियन्त्रण कायम राख्न सकेको थियो । 

सन् २०२० को फेब्रुअरीमा सिरियामा भएको अपरेसन स्प्रिङ शील्डका बेलामा अनि लिबियामा खलीफा हफ्तारको विद्रोही सेनाविरुद्ध टर्कीले यस ड््रोनको उपयोग गरिसकेको छ ।

ड्रोन आक्रमणले कानूनी र नैतिक दुविधा उत्पन्न गर्छ । ड्रोनको मारक क्षमता त्यसलाई चलाउनेमा निर्भर रहन्छ । हतियारलाई सीमित गराउने सम्झौतामार्फत ड्रोनको उपयोगमा रोक लगाउन सकिने कुरा आधारहीन साबित भएको छ । 

अमेरिकाले आफ्नो प्रविधि निकै नजिकका सहयोगीबाहेक अरूलाई दिन अनिच्छा व्यक्त गरेको छ । तर अरू देशले यस्तो भेदभाव गर्दैनन् । 

युद्ध ड्रोन जुन गतिमा विकसित भइरहेको छ, त्यसलाई रोक्न गाह्रै देखिन्छ । 

सयभन्दा बढी देश अनि आतंकवादी समूहसँग ड्रोन छ । तीमध्ये कैयौंसँग सशस्त्र ड्रोन छ । 

सेन्टर फर न्यु अमेरिका सिक्योरिटीमा डाइरेक्टर अफ स्टडीज पल शरेर भन्छन्, ‘ड्रोनको उपयोग लगातार बढिरहने देखिन्छ ।’

उनी भन्छन्, ‘चीन संसारभरि सशस्त्र ड्रोनको सबभन्दा ठूलो निर्यातक हो । इरान र टर्की जस्ता मध्यम शक्तिहरूसँग पनि ड्रोनको प्रविधि छ र उनीहरू अन्य मुलुकलाई यी प्रणालीहरू बेचिरहेका छन् ।’

उनका अनुसार, कमर्सियल ड्रोन टेक्नोलोजी सजिलै उपलब्ध हुने भएकाले जोकोहीले पनि त्यसलाई युद्ध ड्रोन बनाउन सक्छ । केही आतंकवादी संगठनहरूसँग पनि यस्तो ड्रोन छ । 

साना मुलुकहरूले लडाकू विमान किन्न नसक्दा पनि उनीहरूको वायुसेनालाई सशस्त्र ड्रोनले बलियो बनाउने भएकाले उनीहरू यसप्रति आकर्षित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x