×

चेपुवामा शहीद स्मारक

माघ २७, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

 लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य क्षेत्रबाट अतिक्रमण भइरहेको छ । स्मारकलाई संरक्षण गरेर आकर्षक गन्तव्य बनाउनेतर्फ सरकारको ध्यान गएको छैन ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्मारक काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छ । स्थानीयबाट बाटो चेपेर घर बनाउने र फेरि बाटो फराकिलो पार्ने नाममा स्मारकको जग्गा चेप्ने प्रवृत्ति वर्षौंदेखि चलिरहेको छ । पछिल्लो समय खानी तथा भूगर्भ विभागबाट दुग्ध विकास संस्थानतर्फ छिर्ने बाटो विस्तार गर्दा पार्कको जग्गा चेपिएको छ ।

बाटो बढाउँदा भत्काइएका र नयाँ निर्माण गरिएको पर्खालको ढुङ्गा माटो पनि स्मारक क्षेत्रभित्रै थुपारिएको छ । माघ १६ गते शहीद दिवसमा कार्यक्रम गर्नुपर्ने भएपछि त्यहाँ थुपारिएका ढुङ्गा माटो हतारहतार गरेर सम्याइएको थियो । स्मारकको जग्गामा खानी विभागको मूल प्रवेशद्वारसँगै जोडिएको नेपाल–जापान बाल पुस्तकालय र पुस्तकालयसँगै जोडेर दुई वर्षअघि महानगरपालिकाको वडा नम्बर २६ को भवन बनाइएको छ । दुवै संरचना बनेर बाँकी रहेको जग्गामा मात्र स्मारक खुम्चिएको छ ।

सुरुमा स्मारक परिसरभित्र वडा कार्यालयका लागि अस्थायी टहरा बनाइएकोमा पछि पक्की भवन बनाइएको हो तर स्मारक अव्यवस्थापनको प्रश्न गर्दा महानगरपालिकाले त्यहाँ थोरै क्षेत्रफल भएकाले व्यवस्थापनमा समस्या परेको तर्क काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले गरे। गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।


Advertisment
RMC TANSEN
shivam ISLAND

Advertisment
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर १, २०८०

काठमाडौँ । वाणिज्य  बैङ्कहरूले  मङ्सिर  महिनाका  लागि  नयाँ  ब्याजदर  सार्वजनिक  गरेका  छन्  ।  बैङ्कहरूले  कात्तिक  महिनाको अन्तिम दिन बिहीब...

मंसिर २, २०८०

काठमाडौँ। सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिक...

कात्तिक २५, २०८०

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा ‘हाइब्रिज’का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उच्चाइ ७८ मिटर रहेकोमा द्रुतमार्गमा निर्म...

कात्तिक २१, २०८०

तिहार    नजिकिएसँगै    बजारमा    सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ  ।  सरकारको  ध्यान  भूकम्प  प्रभावित  क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x