×

NMB BANK
NIC ASIA

आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

माघ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ शुरू गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान शुरू गरेको हो  । 

Muktinath Bank

यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय शुरू गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ । ‘त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ


Advertisment
Nabil box
Kumari

। त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय शुरू गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन् । नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ । 

Vianet communication
Laxmi Bank

नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले भने, ‘यो अफर यातायात/ढुवानी व्यवसाय शुरू गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर हो । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर हो । यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’ भन्ने कथन अनुसार छ । म हरेक व्यक्तिलाई चाँडोभन्दा चाँडो यो अफरको लाभ लिन आग्रह गर्दछु । साथै यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएकोले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गर्दछु ।’

इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x