
एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासको निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । क्रान्तिकारीले एमसीसीले निरन्तर विरोध गर्दै आएको छ ।