
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा देशव्यापी अभियान संचालन गर्ने भएको छ । एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै कांग्रेसले देशभर अभियान र संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने समेत बताएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए । ‘एमसीसी पास गर्ने विषयमा पार्टीमा कुनै विवाद छैन । एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको छ, भ्रम चिर्न देशभरी अभियानको रुपमा जाने र संसदमा लगेर प्रस्ताव पारित गर्नको लाग्ने निर्णय भएको छ’ आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक पछि महतले भने ।
सत्तारुढ दल नेकपा एकीकृतले एमसीसीको विरोधमा सडक आन्दोलन गरिरहेको छ भने माओवादीले पनि विरोध गरेको छ । कम्युनिस्टहरूले एमसीसीमा भ्रम छरेको भन्दै कांग्रेसले अभियान संचालन गर्ने बताएको छ ।