असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
फागुन १, २०७८
कैलालीको कैलारी गाउँपालिका ७ बसन्ताका ४७ वर्षीया पतिराम चौधरी (ड्राइगन) ती १० वर्षे सशस्त्र जनयुद्धका दिनहरू र आज जनयुद्ध दिवसको अवसरमा भलाकुसारी गर्दा एकाएक भावुक बने । आफूले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्न पाउँदा उनको छाती गर्वले फुलेर आउँछ । तर, त्यही छाती क्षणक्षणमै पीडाले दुखिरहँदा उनको मन रोएर आउँछ । शरीरका अंगहरुमा प्राण वायु सञ्चार गर्ने फोक्सो वर्षौदेखि बुलेटको विषले थिचिरहँदा उनी जीवन मरणको दोसाँधमा रहेको अनुभूति गर्छन् ।
हो, यो सुखानुभूति र दुखानुभूतिको एउटै कारण हो, निको नहुने १० सशस्त्र जनयुद्धले दिएको घाउ । उनी तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । देश र जनताको लागि युद्धमा मोलिएका उनी युद्धकै मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए । तर हतियारको युद्धबाट विश्राम लिएका उनी त्यही युद्धको क्रममा खाएको असंख्य बमका छर्रा र बन्दुकका गोलीहरू बोकेर निरन्तर जीवन संघर्षमा हिँडिरहेका छन् ।
उनी भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुशी पनि लाग्छ । तर हामी जस्ता जनताको लागि आएको व्यवस्थाले अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ । १९ वर्ष भयो, टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती भयो । बडो दुःख लाग्छ ।’
ड्राइगन स्कूले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचारी परिवारमा संलग्न थिए । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचारी परिवारमा आवद्ध भएको बताउने उनी २०५२ फागुन १ गते शुरु भएको सशस्त्र जनयुद्धमा मोमिए । युद्ध चर्किदै गर्दा २०५६ भूमिगत भए । विद्रोही स्वाभावका उनी शुरुदेखि नै शैन्य दस्तामा आवद्ध भए ।
माओवादीको जनमेलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन शुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डर समेत बने ।
२०५९ सालमा बटालियन कमाण्डर बनेका उनी ४० बढी ठूला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । उनी ३ पटक शाही नेपाली सेनासँग दोहोरो भिडन्त हुँदा घाइते भएको बताउँछन् ।
२ दिनपछि होस् खुल्दा अस्पतालको शैयामा पाए
पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा हातमा बमको छर्रा लागेको बताउँछन् । दायाँ हातमा बमको छर्रा अझै रहेको बताउने उनी युद्धबाट चाहिँ विश्राम नलिएको सुनाउँछन् ।
केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भएको ड्राइगनले बताए । बेनी घटनामा बमको छर्रा आफ्नो टाउकोमै लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि हालसम्म उनको टाउकोमै छर्रा रहेको छ ।
ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । २०५९ फागुन १४ गते विहान ८ बजेको कुरा हो । कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा ड्राइगन आवद्ध जनमुक्ति सेनाको बटालियन र शाही नेपाली सेनाको बटालियनबीच दोहोरो भिडन्त भयो ।
घटना स्मरण गर्दै उनले भने, ‘बिहानै दोहोरो भिडन्त शुरु भयो । सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यही ढले । उनको बन्दुक र उनलाई अन्यन्त्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । बेहोस भएर त्यहीँ ढलेछु । साथीहरुले बोकेर जंगलमा लगे । २ दिनपछि भारतको लखनऊस्थित नुवा हस्पिटलमा लगिएछ । १० वटा बुलेट झिकिएछ । होस खुलेपछि आफूलाई अस्पतालको शैयामा पाए ।’
युद्धको घाउ दुखिरहन्छ
थप उपचारको लागि उनलाई सो अस्पतालले दिल्लीको बतरा हस्पिटलमा रेफर गर्यो । एमआरआई गर्दा उनको फोक्सोबाट अझै ५ गोली झिक्न बाँकी थियो । दिल्लीस्थित सो अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यसदिनदेखि उनी दुस्मनसँग लड्ने बन्दुक होइन, 'दुस्मन'ले पछाडिबाट रोपेको ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् ।
बडैपुरको घटनाले उनलाई जीवनभरी पीडा दिएको छ । युद्धको निसानी बनेर दुख्दै आएको छ ।
युद्ध विरामसँगै माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जनयुद्धका घाइतेका रुपमा राज्यबाट मासिक ६२ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आएका थिए । तर त्यही जीवन निर्वाह भत्ता रकम गत वर्षदेखि बन्द भएपछि उनलाई जीविकोपार्जनमा समस्या हुँदै आएको हो ।
‘पहिले भारतका अस्पतालहरुमा उपचार गराएको रिपोर्टहरू युद्धकालमै हरायो । हाल परीक्षण गराउँदा डाक्टरहरु शरीरको कम भागमा असर गरेको रिपोर्ट बनाइदिएछन् । सायद त्यही कारणले होला जीवन निर्वाह भत्ता नै रोकियो’, दुखेसो पोख्दै उनले भने, ‘तर मेरो फोक्सो र टाउकोमा भएको घाउ देख्दैनन् । गह्रौँ काम गर्न सकिन्न । परिवारको आश्रयमा बस्नु परेको छ । यो जाडोमा त झनै घाउ दुख्छ । कहिलेकाहीँ त झनै रक्तश्राव नै हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव ...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
सुर्खेतमा आठ वर्षीय बालक मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-६ स्थित उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत आठ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका हुन् । उनी विद्यालयको होस्टे...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृह मन्त्रालयमा शनिवार साँझ वार्ता जारी छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता शुरू ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...