२७ जेठ २०८३, बुधबार

त्रिशुली नदीमा खसेका व्यक्तिको यसरी गरियो सकुशल उद्दार

कात्तिक २०, २०७४
त्रिशुली नदीमा खसेका व्यक्तिको यसरी गरियो सकुशल उद्दार

चितवन, १८ असार– इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो ।

बिहेका लागि काठमाडाँैबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नंको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८।३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।


चाप परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए । अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्