२७ जेठ २०८३, बुधबार

हरिवंश आचार्यका छोरा मोहितवंशले बिहे गरे

कात्तिक २०, २०७४
हरिवंश आचार्यका छोरा मोहितवंशले बिहे गरे

काठमाडौं, १७ असार – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यले बिहे गरेका छन् ।

ललितपुरको कुपन्डोलमा ब्रिक्स क्याफे चलाउँदै आएका मोहितवंशले बिहे गरेका हुन् ।सञ्चार उद्यमी भोला थापाकी छोरी बिन्दु थापासँग विवाह बन्धनमा बाँधिएका मोहितवंशले पर्यटन विषयमा मास्टर्स समेत सकाएका छन् । बिन्दु थापाले नेपाल मेडिकल कलेजमा डेन्टर सर्जरी पढ्दै छिन् ।

नौ महिनाअघि इन्गेजमेन्ट भएपनि बिहे भने बल्ल हिजो (शनिवार) मात्र सम्पन्न भएको हो । हरिवंशका जेठा छोरा त्रिलोक अमेरिकामा बस्दै आएका र पारिवारिक भेटमा बिहे गर्ने योजना बनाएकाले उनी विदामा नेपाल आएको मौका पारेर मोहितवंशको बिहे सम्पन्न गरेको पारिवारिक स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्