×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : सर्वदलीय बैठकदेखि ‘काउन्टर’ महाभियोगको तयारीसम्म

फागुन ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लोकान्तर ‘राउण्ड अप’ मा पाठकलाई स्वागत छ । आज मिति २०७८ साल फागुन ३ गते मंगलबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छः

Muktinath Bank

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेका बताएका छन् । सिंहदरबारमा भएको सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बैठकमा प्रस्तुत भएका सबैको धारणालाई गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले स्वतन्त्र हैसियतले निर्णय गर्नुपर्छ । मेरो भूमिका अम्पायरको मात्रै हो । निर्णायक त राजनीतिक दलहरू नै हुन्,’ सापकोटाले भने ।
४ घण्टा चलेको बैठक सजीव, जीवन्त र स्तरीय भएको भन्दै सापकोटाले बैठकमा एमसीसीदेखि संसदमा विचाराधीन रहेको विधेकसम्म विस्तृतमा छलफल भएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । बैठकमा नेकपा एमालेको भने उपस्थित भएन । यसअघिका सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको थियो ।
००००
सापकोटाले बोलाएको सर्वदलीय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौताबारे विस्तृतमा छलफल भएको थियो । बैठकमा सभामुख सापकोटाले एमसीसी अघि बढाउन सहयोग गर्ने संकेत गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा एमसीसीबारे विस्तृतमा छलफल भएको नेपाली कांग्रेसकी सचेत पुष्पा भुसालले बताइन् । ‘एमसीसीबारे सबै कोणबाट दलका प्रतिनिधिहरूले कुरा राख्नुभएको छ । एमसीसीबारे विस्तृतमा छलफल भयो,’ उनले भनिन्, ‘एमसीसी बाहिरभन्दा पनि सदनको छलफलको विषय बन्नुपर्छ । सदनभित्रैबाट निर्णयार्थ अघि बढाउनुपर्छ भन्नेबारे छलफल भएको छ ।’
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पार्टीको नीति नभएको प्रस्ट पारेको छ ।
चुनाव सार्ने नियतले महाभियोगको कुरा आएकाले विरोध गर्नुपरेको एमालेले बताएको छ ।
सोमवार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले परमादेशको नेतृत्व गरेका चोलेन्द्रलाई बोक्ने पार्टीको नीति नभए पनि गठबन्धनको गलत नियतको विरोध गर्नुपरेको बताएका हुन् । आवश्यक पर्दा सडक र कानूनी क्षेत्रबाटै प्रतिवाद गरिने उनले बताए ।
००००
यस्तै ओलीले विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे आफूहरू पर्ख र हेरको नीतिमा रहेको बताएका छन् । एमसीसीबारे निर्णय गर्नुपर्दा आफूहरू राष्ट्रहितको पक्षमा उभिने उनले बताए ।
००००
यता नेकपा एमालेले सर्वोच्चका ४ न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारी थालेको बताइएको छ । तर यसबारे सोमबारको संसदीय दलको बैठकले यस विषयमा कुनै निर्णय नभएको प्रस्ट पारेको छ ।
पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्यायाधीशहरूलाई महाभियोग लगाउने भनेर गरिएको चर्चा पूर्वानुमानका आधारमा मात्रै आएको बताए ।

Vianet communication
Laxmi Bank

उनले संविधान, कानून र परिस्थिति विचार गरेर नेतृत्वले उचित निर्णय लिने बताए । एमालेले खाली काजगमा सांसदहरुको हस्ताक्षर भने संकलन गरेको छ । सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएपछि एमालेले पनि न्यायाधीशहरुविरुद्ध काउन्टर महाभियोग ल्याउन लागेको चर्चा छ । यस्तै सभामुख पनि एमालेको निशानामा छन् ।
००००
यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् । पौडेलले एमालेले संसद विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्च अदालतको निर्णय विपरीत सो महाभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन् ।  सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिने गरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए ।
००००
नेकपा एमालेका नेता भीम रावलले एमसीसीको बारेमा एमालेले राष्ट्रिय स्वाधिनता र हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
सोमवार भएको संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौताबारे संसदीय दलमा गम्भीर छलफल गर्न कार्यसूची तय गर्न माग गरेका हुन् ।
००००
प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मंगलवार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि बैठक तय भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए ।
००००
पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ नमूना परीक्षणमध्ये ४८२ पीसीआर र २६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९०० छ ।  मन्त्रालयका अनुसार थप २३१९ जना संक्रमणमुक्त भएका छन् ।
००००
आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो । सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।
००००
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालाई दिइएको छ ।
००००
वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुषलाई ३ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले सो फैसला सुनाएको हो ।
 बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो ।
००००
स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x