काठमाडौं, १८ असार –अब लाईसेन्स लिने सवारीले अनिवार्य रुपमा ‘रोड टेस्ट’ गराउनुपर्ने भएको छ । सवारी दूर्घटना बढ्न थालेपछि र यात्रु तथा चालकको सुरक्षाका लागि सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।
यस्तो व्यवस्थासँगै सरकारले तोकेको प्रक्रिया र स्थानमा ‘रोड टेस्ट’ पास गरेका सवारी चालकलेमात्र लाईसेन्स पाउनेछन् ।
ट्राफिक प्रहरी महाशाखाले उक्त व्यवस्था कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने तयारी गरिएको जानकारी दिएको छ ।