साउन २५, २०७९
प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । ...
एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ ।
जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।
'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस)ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ,' राईले लोकान्तरसँग भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्यस विषयमा हालसम्म कुनै औपचारिक निर्णय नगरे पनि मतदान गर्नुपर्ने अवस्थामा विपक्षमा नै मतदान गर्ने निर्णय हुने प्रवल सम्भावना छ ।'
त्यसै गरी जसपाकी सांसद रेणु यादव भने अध्यक्ष उपेन्द्र यादव जनकपुर गएका कारण त्यस विषयमा कुनै निर्णय नभएको बताएकी छन् । 'आज संसदमा एमसीसीको प्रस्ताव टेबुल मात्र हुने हो,' भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेकी यादवले भनिन्, 'अध्यक्षज्यु जनकपुरबाट आएपछि एमसीसीको विषयमा के गर्ने भन्ने औपचारिक निर्णय हुन्छ ।'
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा वकालत गर्दै आएका छन् । कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव भने विपक्षमा देखिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो । ...
नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवा...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली...
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा एमाले घिरिङ गाउँ कमिटीले बुधवार आयोजना गरेको प्रशिक्षण कार्यक्...
धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...