२६ जेठ २०८३, मंगलबार

आजको मौसमः न्युन चापीय प्रणालीको आंशिक प्रभाव

आजको मौसमः  न्युन चापीय प्रणालीको आंशिक प्रभाव

हाल देशमा पश्चिम न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानहरुमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्