
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ पहिलो दिननै १७.७२ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधवार साँझ ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्याएको कुल ४ लाख ८७ हजार ९०० कित्ता शेयरको १७.७२ गुणा बढी हुन आउछ ।
लघुवित्तले आज फागुन ४ गतेदेखि लघुवित्तले जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ ।