२६ जेठ २०८३, मंगलबार

रियालिटी शोमा कंगनाको 'डेब्युु'

फागुन ६, २०७८
रियालिटी शोमा कंगनाको 'डेब्युु'

विभिन्न विवादका कारण पछिल्लो समय कंगना रनौत अहिले निकै चर्चामा छिन् ।

उनी रियालिटी सोमा पनि प्रस्तुत हुँदै छिन्। रियालिटी सोमा कंगना उद्घोषकको भूमिकामा देखिनेछिन् ।

हालसालै, ट्रेलर रिलिज गर्दै उनले यो कुरा खुलासा गरेकी हुन् । उनले आफ्नो सोमार्फत जेलमा राख्न चाहने सबैको नाम साझा गरेकी थिइन् ।

उनको कार्यक्रम जेलसँग सम्बन्धित हुनेछ ।

अभिनेत्रीले करण जोहरलाई आफ्नो बेस्ट फ्रेन्ड' भनेकी थिइन् र आफूलाई लक अपमा राख्न चाहेको बताइन् ।

कंगना रनौत र करण जोहरबीच लामो समयदेखि सबै ठीकठाक नभएको र दुवैबीच विवाद भएको कुरा सबैलाई थाहा छ ।

यो प्रश्नमा कंगना रनौत भनिन्, 'यसको हकदार धेरै व्यत्ति छन् र उनीहरू लकअपमा हुनुपर्छ। उनीहरू पनि फिल्म उद्योगका हुन्।'

तथापि आफ्नो रोजाइ करण जोहर रहेको उनको दाबी छ।

करणलाई कैदी बनाउने प्रसंगमा निर्माता निर्देशक एकता कपुरले अभिनेत्री कंगनालाई भनेकी छन्, 'म र करणभित्र बसेर खानाको बारेमा कुरा गर्नेछौं । हामी कंगनालाई भित्र निम्तो गर्नेछौं र हामी सबैले संगै डिनर गर्नेछौं ।'

कंगना रनौत और एकता कपुरबीच कफी गफमा भएको बार्ताको प्रसंग हो यो । आफूसँग कंगनाको नराम्रो सम्बन्ध भए पनि करणले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

उता कैदीको रूपमा आमिरलाई पनि लकअपमा राख्ने चाहना कंगनाले व्यत्त गरेकी छन्। राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्