२६ जेठ २०८३, मंगलबार

यी हुन् दीपिका पादुकोणकी बहिनी, जो दीपिका भन्दा धेरै कमाउँछिन्

कात्तिक २०, २०७४
यी हुन् दीपिका पादुकोणकी बहिनी, जो दीपिका भन्दा धेरै कमाउँछिन्
दीपिका पादुकोण भारतीय फिल्म उद्योगमा लामो  समयदेखि आफ्नो प्रभुत्व जमाउन सफल हिरोइन हुन् । उनले भारतीय मात्र नभएर बलिउड फिल्ममा समेत अभिनय गरेकी छिन् ।

उनी जति चर्चित छिन् उनकी कान्छी बहिनी त्यो भन्दा चर्चित छिन् । उनकी कान्छी बहिनी अनिशा पादुकोण दीपिका भन्दा बढी पैसा कमाउँछिन् ।

दीपिकाकी बहिनी अनिशा उनीभन्दा ५ वर्ष कान्छी छिन् । सन् १९९१ मा जन्मिएकी अनिशा एक गल्फर हुन्, जसले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्छिन् ।

उनी गल्फमा नै आफ्नो करियर बनाइरहेकी छिन् । गल्फका साथै उनी क्रिकेट, हकी, टेनिस र ब्याट्मिन्टन पनि खेल्छिन् ।

अनिशाले १२ वर्षको उमेरदेखि नै गल्फ खेल्न सुरु गरेकी थिइन् । उनका बुवा प्रकाश पादुकोण आफैं पनि ब्याडमिन्टनका लेजेन्ड हुन् । आफ्नो बुवाबाटै प्रभावित भएर अनिशाले गल्फ खेल्न सुरु गरेको बताउँछिन् । एक अन्तर्वार्तामा अनिशाले उनका मनपर्ने खेलाडी सायना नेहवाल भएको बताएकी थिइन् ।

उनले दीपिकालाई आफ्नो आमाले जस्तै केयर गर्ने बताएकी छिन् । उनले भनेकी थिइन्, ‘दीपिकाले मलाई आमाले जस्तै माया गर्छिन् । उनी निकै केयररिङ र प्रोटेक्टिभ छिन् । कामका कारण हाम्रो धेरै भेट हुँदैन तर जतिबेला हामी भेट्छौं तब निकै राम्रो समय बिताउँछौं ।’

दीपिकाको फिल्मबारे कुरा गर्दै अनिशाले भनेकी थिइन, ‘म उनको सबै फिल्म हेर्छु । मलाई उनको ए जवानी हे दिवानी र लभ आजकल निकै राम्रो लाग्छ । यसका साथै उनले लफंगे परिन्देमा पनि राम्रो काम गरेकी छिन् ।’

अनिशालाई दीपिकाको ‘चेन्नई एक्सप्रेस’ फिटिक्कै मन नपरेको उनी बताउँछिन् । बलिउडका थुप्रै कार्यक्रममा अनिशा दीपिकासँगै देखिन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्