२६ जेठ २०८३, मंगलबार

शेयर बजारमा हरियाली, १५४ कम्पनीको शेयर मूल्य बढ्यो

शेयर बजारमा हरियाली, १५४ कम्पनीको शेयर मूल्य बढ्यो

साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

सोमवार नेप्से परिसूचक २५.२१ अंकले बढ्दै २७१८.३१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले बढ्दै ५१८.७९ विन्दुमा कायम भएको छ ।

सोमवार कुल २ सय २४ कम्पनीको ४९ लाख ९२ हजार २६५ कित्ता शेयर २ अर्ब ९९ करोड ७२ लाख १९ हजार २८ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये सोमवार १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

सोमवार युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । 

यस दिन नविल डिवेन्चर २०८५ का लगानीकर्ताले सर्वाधिक बढी १.९५ प्रतिशतले गुमाएका छन् । 

कारोबारका रकमका आधारमा यस दिन एनटीसीले २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले २६ करोड ३ लाख २३ ह जार ८४५ रुपैयाँमा शेयर खरिदबिक्री भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्