२७ जेठ २०८३, बुधबार

उद्योग स्थापना गर्न जग्गा अभाव

फागुन १०, २०७८
उद्योग स्थापना गर्न जग्गा अभाव
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव झेल्दै आएका छन् ।

पहुँचका आधारमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै गएपछि नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएको हो ।

यस औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका उद्योगमध्ये केही बन्द भएको वर्षौं भइसक्दासमेत न उद्योग पुनः सञ्चालनका लागि प्रयास थालिएको छ न जग्गा खाली गरिएको छ ।

यसरी बन्द उद्योगले जग्गा खाली नगरिदिँदा नयाँ उद्योग स्थापनाका लागि जग्गाको अभाव हुने गरेको हो ।

यो औद्योगिक क्षेत्रमा उद्योगलगायत सेवा क्षेत्रका लागि विकास गरिएको जग्गामध्ये उद्योग स्थापनाका लागि सम्झौता गरेर पनि स्थापना नभएका र बन्द उद्योगले ठाउँ ओगट्दा २६१ रोपनीभन्दा बढी जग्गा उपयोगविहीन बनेको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले १३३ वटा उद्योगले जग्गा बहाल सम्झौता गरेकामा हाल १११ वटा उद्योग सञ्चालनमा र केही निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।

औद्योगिक क्षेत्रभित्र स्थापना भएका नेपाल वनस्पति घिउ उद्योग, नेमो पार्केट, गङ्गा सोप, चुरियामाई काष्ठ उद्योगलगायतका उद्योग लामो समयदेखि बन्द छन् । गोरखापत्र दैनिकमा राममणि दाहालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्