२७ जेठ २०८३, बुधबार

युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट

फागुन १३, २०७८
युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट

रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका छन् ।

शुक्रवार मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको सीएनएनले जनाएको छ ।

आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।

त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्