२६ जेठ २०८३, मंगलबार

भारततिर बसाइँ सर्दै नेपालका बाघ

फागुन १५, २०७८
भारततिर बसाइँ सर्दै नेपालका बाघ

संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् ।

प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउँछन् । पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन,” उनले भने।

सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटामात्रै बाघ भएको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ । प्रमुख डा. लामिछानेका अनुसार वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए ।

“सन् २०१३ को बाघ गणनामा चारवटा बाघ चितवन निकद्रञ्ज र वाल्मीकि दद्रवैतर्फ क्यामरा ट्र्यापिङमा परेको देखियो । यसले पनि चितवनका बाघ वाल्मीकि सर्दै छन् भन्ने देखाउँछ,” डा. लामिछानेले भने ।

चितवन निकुञ्ज बाघको प्रमुख वासस्थान हो । चितवनका बाघ चुरे पहाड हुँदै भारतको सीमाक्षेत्रमा रहेको वाल्मीकि पुग्ने गरेको बताइन्छ । त्रिवेणीवारि वाल्मीकि आश्रमदेखि माडीको सोमेश्वर पहाडसम्म चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि बाघ संरक्षण केन्द्र जोडिएको छ । विश्व वन्यजन्तु कोषअन्तर्गत रहेको तराई भूपरिधि कार्यक्रमका परामर्शदाता रामप्रीत यादव चितवनका बाघ वाल्मीकि बाघ संरक्षण केन्द्रतिर सर्ने गरेको कुरा स्वीकार गर्न‘हुन्छ । चितवनभन्दा वाल्मीकिमा बाघका लागि उपयुक्त वातावरण र पर्याप्त क्षेत्रफल बनाउँदै लगिएको छ । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्