×

NMB BANK
NIC ASIA

लक्षित वर्गका सबैलाई कोरोना खोप उपलब्ध गराउने नगरपालिका बन्यो तिलोत्तमा

फागुन १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् ।

Muktinath Bank

यो नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र  खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् । लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षितभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका स्वास्थ्य शाखाले जनाएको छ । परिवारको सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै यो नगरपालिका कोरोनाविरुद्धको खोपमा सुनिश्चित भएको हो ।


Advertisment
Nabil box
Kumari

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो ।

Vianet communication
Laxmi Bank

टोलीले पहिचान गरिएका व्यक्तिलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिलेसमेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट ल्याएर खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए ।

उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्णखोप घोषणा एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्रसमेत प्राप्त भएको छ ।

घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट भएको नपाइएकाले नगरपालिकास्तरीय खोप समन्वय समितिको बैठकले जिल्लास्तरीय खोप समन्वय समितिलगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्लास्थित स्वास्थ्य कार्यालयलाई पूर्णखोप घोषणा सुनिश्चितता गराउनका  लागि पत्राचार गरेको थियो । 

सोही पत्रका आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताका लागि घरधुरी ‘र्‍यापिड कन्ट्रयाक’ सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामै पुगेर खोप लगाउन छुटेकालाई खोप लगाएका थिए । नगर प्रमुख वासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे ।

उक्त नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८३८ सङ्क्रमित भएकामा २०१ जनाको निधन भएको भएको थियो । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको र महामारीबाट नगरवासीलाई बचाउन ६० श्ययाको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x