
यातायात कार्यालयमा काम ढिला भयो। बिचौलियाबिना काम बनेन भन्ने गुनासा धेरै भेटिन्छन्।
तर, मधेस प्रदेशको बर्दिबास यातायात कार्यालयमा फरक दृश्य देखिन्छ। छिटो, छरितो सेवा दिएर सेवाग्राहीको मन जितेको कर्मचारीको होइन, सेवा लिनेकै मुखबाट सुनिन्छ।
सीमित कर्मचारी भए पनि कार्य सम्पादन चाँडो भएको महसुस गरे बर्दिबास-१४ का सुदीप दाहालले। उनले चार दिनमा लाइसेन्स पाएका थिए। छोटो समयमै मोटरसाइकल चालक अनुमतिपत्र लिएर दंग थिए
उनी।
'दलाललाई पैसा नखुवाई लाइसेन्स बन्दैन। तर, मैले कसैलाई एक पैसा दिनु परेन। सजिलै काम बन्यो,' उनी भन्छन्, 'यहाँ कसैलाई काखापाखा नहुने रहेछ। ट्रायल पास गरेर तत्कालै लाइसेन्स पाइयो।'
पछिल्लो समय प्रक्रियागत झन्झटले एक साताभित्रै लाइसेन्स पाउने कुरा सहज छैन। तर, मधेस प्रदेशस्थित यो कार्यालय पुग्दा सेवाग्राही दंग पर्छन् । यहाँ दैनिक पाँच सय सेवाग्राही आउँछन्। उनीहरूको काम १३ जना कर्मचारीले सहजै गरेर पठाउँछन्। बिहान ६ बजेदेखि साँझसम्म उनीहरू खटिन्छन्। अन्नपूर्ण पोस्टमा राजकरण महतोले खबर लेखेका छन् ।