२६ जेठ २०८३, मंगलबार

कस्तो लुगा लगाउने ? यी हुन् गर्मी मौसममा पुरुषका लागि स्टाइलिस् लुगाहरू

फागुन २०, २०७८
कस्तो लुगा लगाउने ? यी हुन्  गर्मी मौसममा पुरुषका लागि स्टाइलिस् लुगाहरू
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

गर्मी मौसम सुरु भएसँगै कस्ता लुगा लगाउने भन्ने सबैको चासोको विषय हुन्छ । मौसमअनुसारको पहिरन लगाउनु हरेकको चाहना भइसकेको छ । अझ फेसन रुचाउने जोकोही अरूभन्दा भिन्न पहिरनमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।

फेसनमा महिला मात्र नभएर पुरुष पनि अगाडि रहेका छन् । कस्तो लुगा लगाउँदा राम्रो देखिन्छ भन्ने सधैँ चाँसोको विषय हुन्छ । मौसमअनुसार केटाहरूको पनि उत्तिकै फेसनेबल हुन्छन् । बजारमा युवापुस्ताको चाहनाअनुसारकै कपडा खरिद गर्न पाइन्छ ।

अहिले पुरुषहरूको जिन्स फेसनमा ग्रन्चले प्राथमिकता पाएको छ । ग्रन्चसँगै बुटकट, बेली, चुज, स्ट्रेट, वास, डट्टीवास फेसन रोजाइमा परेको व्यवसायीको भनाइ छ ।

चेक पाइन्ट : विभिन्न छ्यासमिसे रङको प्रयोग गरिएको चेक पाइन्टका कपडाको सुट–पाइन्टसमेत सिलाएर लाउने प्रचलन बढ्दो छ ।

क्वारटर पाइन्ट :क्वारटर पाइन्ट महिला तथा पुरुष दुवैको रोजाइमा पर्छ । घुँडाभन्दा हल्का तलसम्म हुने क्वारटर पाइन्ट सादा तथा छासमिसे दुवै प्रकारमा बजारमा पाइन्छ ।

हाफ पाइन्ट : गर्मी मौसममा महिला तथा पुरुष दुवैको रोजाइमा पर्ने पाइन्टमध्येमा हाफ पाइन्ट पर्छ । गर्मी मौसममा छोटा–छोटा लुगा सबैको रोजाइमा पर्ने भएकाले गर्मी मौसममा हाफ पाइन्टको चल्ती धेरै हुन्छ । हेर्दा राम्रो र लगाउँदा स्मार्ट देखिने भएकाले हाफ पाइन्ट सबैको रोजाइमा पर्छ ।

कम्ब्याट पाइन्ट :कम्ब्याट पाइन्ट पुरुषले प्रयोग गर्ने पाइन्ट हो । विभिन्न आकार र प्रकारमा पाइने यो पाइन्टमा धेरै ठाउँमा गोजी हुन्छ ।

कटन जिन्स : जिन्स उकुसमुकुस हुने कारण कटन जिन्सको प्रयोग बढ्दो छ । यो फर्मर र क्याजुअल दुवैमा प्रयोग हुने गर्छ ।

सुतीका टिसर्ट :गर्मी मौसममा सुतीका टिसर्ट तथा कपडा सबैको रोजाइमा पर्छ । सुतीको कपडा नरम हुने र शीतलता प्रदान गर्ने भएकोले यो सबैको रोजाइमा पर्छ । गर्मी मौसममा पुरुष तथा महिला दुवैका लागि सुतीका कपडा लोकप्रिय छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

चेकसर्ट : गर्मी मौसममा चलनचल्तीमा आएका विभिन्न टिसर्टमध्य खण्ड–खण्ड आकारमा पाइने चेकसर्ट सबैको रोजाइमा पर्छ । चेकसर्ट प्रायः फूल बाहुलामा पाइने भएकाले यसले शरीरको धेरै भागलाई सुरक्षित राख्छ ।

जिन्स ज्याकेट : जिन्स ज्याकेट जाडो मौसममा मात्र नभएर गर्मी मौसममा समेत उत्तिकै लगाइन्छ । महिला तथा पुरुष दुवैका लागि प्रयोग गर्न सकिने जिन्स ज्याकेटले स्मार्ट देखाउने भएकोले यो सबैको रोजाइमा पर्न सफल भएको छ ।

प्लेन टिसर्ट : कुनै बुट्टा नभएको सादा रङको टिसर्ट प्लेन टिसर्ट हो । यो सबै रङमा पाइन्छ । अझ भनौँ कुनै पनि सादा आकारको एउटै रङ भएको टिसर्ट प्लेन टिसर्ट हो । सादा रङको टिसर्टले शीतलता प्रदान गर्ने भएकोले पुरुषका लागि गर्मी मौसममा यसको प्रयोग धेरै गरिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्