
नर्भिक अस्पतालको यूरोलोजी टिमले शनिवार (भोलि) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।
केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।
मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान गत सातादेखि पुनः शुरू भएको थियो ।