२६ जेठ २०८३, मंगलबार

कतारमाथि फेरि थप प्रतिवन्ध लाग्न सक्ने

कात्तिक २०, २०७४
कतारमाथि फेरि थप प्रतिवन्ध लाग्न सक्ने
कतारसँग आफ्नो राजनीतिक सम्बन्ध सकिएको घोषणा गरेको करिब एक महिनापछि छलफलका लागि बहराइन, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीबीच भेटवार्ता हुँदैछ ।

कतारलाई दिइएको १३ बुदे माग पुरा हुनलागेको दिन कायरोमा हुन लागेको यो बैठकमा यी देशका विदेश मन्त्री भाग लिँदैछन् ।

यी देशहरुले राखेको शर्त नमानेको खण्डमा कतारमाथि अरुपनि प्रतिवन्ध लाग्नसक्ने बीबीसीले जनाएको छ ।
साउदी लगायतका देशले समाचार संस्था अलजजिरा बन्द र इरानसँगको सम्बन्ध अन्त्यलगायत रहेका छन् । जसलाई कतारले अव्यवहारिक भनेको छ ।

कतारमाथि आतंकवादको समर्थन गरेको र यस क्षेत्रमा अस्थिरता बढाएको आरोप लगाइएको छ जसलाई उसले अस्विकार गर्दै आएको छ ।

साउदी अरब, बहराइन, इजिप्ट, युएइले कतारमाथि अभूतपूर्व आर्थिक र राजनीीतक प्रतिवन्ध लगाएका छन् ।
कच्चा तेलको धनी कतारमाथि उनीहरुको प्रतिवन्धको गम्भीर असर परेको छ । किनकी आफ्नो २७ लाखको जनसंख्यालाई आम जरुरत पूरा गर्नका लागि कतार पूर्णरुपमा आयातमा निर्भर छ ।

सोमबार खाडी देशहरुले आफ्ना मागहरु मान्नका लागि कतारलाई दुई दिनको समय दिएको थियो । यस अघि कतारलाई १० दिने समय दिएर माग मान्न दवाव दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्