२७ जेठ २०८३, बुधबार

श्रममन्त्री श्रेष्ठले भने- विकासमा काखापाखा गर्दिनँ

फागुन २१, २०७८
श्रममन्त्री श्रेष्ठले भने- विकासमा काखापाखा गर्दिनँ
फाइल तस्वीर।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् । 

नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडि बढेको बताएका हुन् । 

तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु,’ आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्रे भएको बताउँदै उनले भने, ‘विकासमा कसैलाई काखापाखा गर्दिनँ, विकास नै मेरो मूल मन्त्र हो ।’

salt training

कमेन्ट गर्नुहोस्