
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । यो योजना नेपालभर लागु हुने कम्पनीले जनाएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् ।
यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको ‘बेस्ट बाइ’ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस, रु ४००००० सम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ।
यो योजना २०७८ चैत्र १९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।