२६ जेठ २०८३, मंगलबार

पञ्जाबमा आम आदमी पार्टी प्रचण्ड जीतको संघारमा, यस्तो छ त्यहाँको राजनीतिको रोचक किस्सा

फागुन २६, २०७८
पञ्जाबमा आम आदमी पार्टी प्रचण्ड जीतको संघारमा, यस्तो छ त्यहाँको राजनीतिको रोचक किस्सा

भारतको पञ्जाब राज्यमा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले प्रचण्ड बहुमतका साथ जित्ने लक्षण देखिएको छ । 

उसले आठवटा सीट जितिसकेको छ भने ८५ सीटमा अग्रता लिएको छ । 

लामो समयदेखि पञ्जाबमा शासन चलाएको कंग्रेस र अकाली दल यस चुनावमा हारेका छन् । 

सन् २०१७ मा भएको विधानसभा चुनावमा कांग्रेस पार्टीको भोट शेयर ६६ प्रतिशत थियो । तर यसपालि त्यो निकै नै घट्ने देखिएको छ । 

पञ्जाबका २२ मुख्यमन्त्रीमध्ये १४ कांग्रेस पार्टीकै छन् । 

भारतको अनुसूचित जातिको संख्या अनुपातमा हेर्दा पञ्जाबमा सबभन्दा बढी (३१.९ प्रतिशत) छ । तर जाट सिख (२० प्रतिशत जनसंख्या) राजनीतिमा हावी छ । 

चरणजीत सिंह चन्नी पञ्जाबका पहिलो दलित मुख्यमन्त्री हुन् । ज्ञानी जैल सिंह पञ्जाबका अन्तिम गैरजाट मुख्यमन्त्री थिए । 

सतलज नदीको दक्षिणी भागबाट पञ्जाब विधानसभामा ६९ सदस्य छानिने गरेका छन् । त्यस क्षेत्रमा जीत हासिल गर्ने पार्टीले सरकार बनाउने राम्रो अवसर पाउँछ । 

तर सन् २००७ मा यसको अपवाद देखिएको थियो । त्यहाँ कांग्रेसले जितेको भए पनि शिरोमणि अकाली दल र भाजपाको गठबन्धनले त्यतिखेर सरकार बनाएको थियो ।

पञ्जाबबाट भारतले एक राष्ट्रपति पाएको छ । ज्ञानी जैल सिंह सन् १९८२ देखि १९८७ सम्म राष्ट्रपति थिए । 

पञ्जाबबाट भारतले एक प्रधानमन्त्री पनि पाएको छ । डा मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए । 

सन् १९६६ मा भारतको संसद्ले पञ्जाब पुनर्गठन अधिनियम पारित गरेको थियो । त्यसपछि पञ्जाब अनि नयाँ राज्य हरियाणा बनेका थिए । त्यसबेलादेखि अहिलेसम्म पञ्जाबमा सिख नै मुख्यमन्त्री बन्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्