
सरकारले केराउ, सुपारी र मरिचको आयात खुल्ला गरेकाे छ ।
बिहीवार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले उद्योग विभागको अनुमतिमा औद्योगिक प्रयोजनको लागि मात्रै ल्याउन पाउने गरी केराउ, सुपारी र मरिचकाे आयात खुलाएको हो ।
अब केराउ, मरिच र सुपारी आयात गर्न चाहने औद्योगिक प्रतिष्ठानले उद्योग विभागबाट अनुमति लिनुपर्ने छ ।
अर्थतन्त्रमा चाप देखिएको बेला दैनिक उपभोग्य बस्तुको आयात समेत नियन्त्रण भइरहेको बेला सरकारले तस्करी भएर जाने मरिच, केराउ र सुपारीको आयात भने खुल्ला गरेको हो ।
निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार, प्रतिबन्धित बस्तुको आयात खुला गरिएको राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
