
सरकारले हवाई मार्ग तथा स्थल मार्ग भई विदेशबाट नेपाल आउने यात्रीले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरू गर्नु ७२ घन्टाभित्रको कोभिड १९ परीक्षणको नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेस गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ ।
मन्त्रिपरिषद्को फागुन १६ गतेको निर्णयअनुसार यस्तो व्यवस्था भएको विभागले जनाएको छ ।
नेपालबाट अन्य मुलुक जाने यात्रुहरूको लागि गन्तव्य मुलुकको कोभिड १९ सम्बन्धी प्रोटोकलको सम्बन्धमा सम्बन्धित एअरलाइन्सले आफ्ना यात्रुहरूलाई जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।
यस्तै कोभिड १९ सम्बन्धी यसअघि जारी भएका सबै सूचनाहरू खारेज गरिएको विभागका निर्देशक मुकेश कुमार केशरीले जानकारी दिएका छन् ।
