२६ जेठ २०८३, मंगलबार

साइन्स ल्यावका लागि महालक्ष्मी विकास बैंकको सहयोग

फागुन २७, २०७८
साइन्स ल्यावका लागि महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकको पोखरास्थित चिप्लेढुङ्गा शाखाले हेम्जामा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । 

यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको शाखा प्रवन्धक किरण घिमिरेले जानकारी दिए । 
एक विशेष कार्यक्रमका बिच उक्त विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसुवास भण्डारीलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । 

 महालक्ष्मीले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्