×

NMB BANK
NIC ASIA

अर्थतन्त्र नाजुक बनेको ओलीको दावी

‘देशको अर्थतन्त्र भयावह छ, शेरबहादुरजीलाई आँगनमा वर्षिएको माछाबाहेक केही चिन्ता छैन’

‘कमिसनको राशिमा कुरा नमिलेकोले ठेकेदारले भुक्तानी पाएनन्’

फागुन २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel


पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रको भयावह अवस्थाबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन् । अर्थ मन्त्रालय र राष्ट्र बैँकबीच तालमेल नहुँदा अर्थतन्त्र नाजुक अवस्थामा पुगेको उनको भनाइ छ । 

Muktinath Bank

नेकपा एमालेको उद्योग विभागले आइतवार काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा ओलीले देशको अर्थतन्त्रको ताजा अवस्थाबारे श्वेतपत्र जारी गर्न माग गरेका हुन् । अर्थतन्त्रलाई थप बिग्रन नदिन आफूहरुले हस्तक्षेपकारी भूमिका खेल्ने ओलीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशको अर्थतन्त्र भयावह र नाजुक अवस्थामा छ, सरकारको ध्यान विकासतिर छैन, चिन्ता गर्ने ठाउँले चिन्ता गरेन, घना बादल लागेको बेला समुद्रको माछा आँगनमा वर्षिन्छ । शेरबहादुरजीलाई आगनमा माछा पर्यो । न समुन्द्र न खोला तरपनि माछा पर्छ । प्रधानमन्त्रीलाई अरु कुराको चिन्ता छैन, आँगनमा खसेको माछा घैलामा लाग्नु भएको छ । भगवानले पारिदिएको, परमादेशले पारिदिएको माछाको चिन्ता छ ।’


Advertisment
Nabil box
Kumari

सरकारलाई देशको अर्थतन्त्रको चिन्ता भएको भए चार महिनामा एकपटक बस्नु पर्ने राष्टिय समस्या समाधान समितिको बैठक राखिनु पर्ने ओलीको सुझाव छ । ‘सरकार अहिले पनि देशको अर्थतन्त्र चुस्त दुरुस्त छ भनेर भनिरहेको छ । अर्थतन्त्रलाई क्यान्सर लागिसक्यो, बायेप्सीको रिर्पोट आइसक्यो । तरपनि सरकार अर्थतन्त्र ठीकठाक छ भनिरहेको छ’ ओलीले भने । 

Vianet communication
Laxmi Bank

कमिसनमा कुरा नमिलेका कारण निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि पैसा नपाएको उनले गम्भीर आरोप लगाए । ‘कमिसनको राशिमा कुरा नमिलेकोले काम सम्पन्न गरेर पनि ठेकेदारले पैसा पाएका छैनन्, उनीहरु बोल्न सकिरहेका छैनन्’ ओलीले भने । 

सरकारको उपस्थिती कमजोर बन्दा विदेशी मुद्राको अपचलन भइरहेको ओलीले आरोप लगाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x