२६ जेठ २०८३, मंगलबार

द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै, कसरी लिने राहत ?

कात्तिक २०, २०७४
द्वन्द्वमा मारिने र बेपत्ताको संख्या बढेको–बढ्यै, कसरी लिने राहत ?

काठमाडौँ, २३ असार- माओवादी द्वन्द्वका क्रममा मृत्यु तथा बेपत्ता हुनेको संख्या कार्यदलपिच्छे थपिने गरेको छ । पछिल्लोपटक गठन भएको कार्यदल (पाँचाैँ)सम्म आइपुग्दा मृतक र बेपत्ता हुनेको संख्या १९ हजार ८ सय ६ पुगेको छ ।santi-mantralaya-625x316
यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । पछिल्लो पटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा (१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म) मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्र्तगतको राहत तथा पुनस्र्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए, नयाँ पत्रिकाले खबर छापेको छ ।

कसरी लिने राहत ?
राहत लिन आउने मृतक परिवारका नजिकका सदस्यले गाउँपालिका र नगरपालिकाबाट सफारिस लिनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको समितिले सिफारिस प्रमाणित गर्नुपर्नेछ ।

राहत लिँदा मृतकको नजिकको हकदार यकिन गर्नुपर्नेछ । नाबालकको हकमा निजकोे संरक्षकले निवेदन दिनुपर्नेछ । नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित, नाबालकको संरक्षकको हैसियतले निवेदन दिँदा सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नाबालकको संरक्षक भएको प्रमाणित कागजात हुनुपर्नेछ ।

मृतकका परिवारका सदस्यमध्ये जो जीवित छ उसैलाई मृतकको हकदार मानिनेछ । जसमा सगोलको पति वा पत्नी, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, विधुवा छोराबुहारी, छोराछोरी दुवैको मृत्यु भइसकेको अवस्थामा नजिकको नाति र अविवाहित नातिनीले लिन सक्नेछन् । त्यसैगरी, सगोलका बाबु–आमा, सगोलका बाजे–बज्यै, अविवाहित महिलाको सगोलका सासू–ससुराले लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्