×

Nic Asia
Dabur
Prabhu Bank

चुनावी राजनीति

चुनावी तालमेलमा प्रचण्ड रणनीति– मन एउटासँग, तन अर्कैसँग !

काठमाडाैं | चैत ३, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिँदै गर्दा दलहरूबीच चुनावी तालमेलसम्बन्धी बहसको पारो तात्न थालेको छ ।

yONNEX
IME BANK INNEWS

फागुन १५ गते अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) अनुमोदन भएसँगै दलहरू चुनावमा केन्द्रित भएका छन् । दलका नेताहरूको भाषण चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा केन्द्रित हुन थालेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ गते उम्मेदवारी मनोनयन गर्ने प्रस्तावित निर्वाचन तालिका छ । संसद्मा तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रले चुनावी तालमेलमा बढी जोड दिएको छ ।

गठबन्धन सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष चुनावी तालमेलको पक्षमा देखिएको छ भने डा. शेखर कोइराला पक्ष तालमेलको विपक्षमा छ । 


Advertisment
Lokantar App
Saurya island

नेकपा एमाले सकेसम्म चुनावी तालमेल नहोस् भन्ने पक्षमा छ । चुनावी तालमेल नभएको अवस्थामा स्थानीय निर्वाचनमा पहिलो दल बन्न सकिन्छ भन्ने एमालेको आत्मविश्वास छ ।

मंगलवार काठमाडौंमा अनेमसंघको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए– ‘एक्लाएक्लै आए सबैलाई कर्‍याककुरुक बनाइन्छ, गठबन्धन गरेर आए पनि पछारिन्छ ।’

Vianet communication

चुनावको पूर्वसन्ध्यामा नेताहरूले आफ्नो पार्टीलाई अब्बल देखाउन जति राजनीतिक स्टन्ट गरे पनि भित्र भने उनीहरू चुनावी तालमेलका लागि ब्याकुल छन् ।

सत्ता गठबन्धनका दलहरू मिले भने चुनावमा कठिन पर्ने एमालेको बुझाइ छ । 

वर्षमानले गरेको संकेत र प्रचण्डको पुष्ट्याइँ

माओवादीका दोस्रो तहका प्रभावशाली नेता वर्षमान पुन अनन्तले चुनावी तालमेलका लागि एमालेसँगको ढोका पनि बन्द गरिनसकेको अभिव्यक्ति बुधवार दिएका थिए ।

‘सत्ता गठबन्धनका दलहरूबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ, तर एमालेसँग पनि ढोका बन्द छैन,’ पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भनेका थिए । पुन तिनै नेता हुन् जसले २०७४ सालको प्रतिनिधि सभा चुनावको केही समयअघि एमालेसँग तालमेलको सम्भावनाबारे संकेत गरेका थिए । 

माओवादी महासचिवका लागि प्रबल दाबेदारमध्येका पुन भर्खरै मात्र चीनमा लामो उपचार गरेर आएका हुन् ।

चीनले एमाले र माओवादीलाई मिलाउन प्रयास गरिरहेको सन्दर्भमा पुनको नाम पनि राजनीतिक वृत्तमा जोडिएर आउने गरेको छ ।  

बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा प्रचण्डले सिधै एमालेसँग चुनावी तालमेलको कुरा स्वीकार गरेनन् । राजनीतिमा अनेक सम्भावना हुने भन्दै उनले एमालेसँग तालमेलको कुरा अस्वीकार गरेनन् । 

‘एमालेसँग चुनावी तालमेल नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने कुरा हो, राजनीतिमा असम्भव भन्ने पनि हुँदैन । मैले संसदबाट भनेको छु, राजनीतिमा असम्भव भन्ने केही छैन । राजनीति सम्भावनाको खेल हो,’ प्रचण्डले अगाडि भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर देउवाले गठबन्धनलाई मिलाएर जाने कुरा गर्नुभएको छ ।’

२०७४ सालमा पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा रहेको माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो । एउटै चुनावी घोषणापत्र लिएर चुनाव जितेपछि एमाले र माओवादी पार्टी नै मिल्ने स्थिति बन्यो । नेताहरूको व्यक्तिगत इगोका कारण पार्टी विभाजन भए पनि एउटा ‘आत्मालोचना’ गरेर फेरि मिल्न सक्ने कांग्रेसका कतिपय नेताको आशंका छ । 

निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘चुनावमा कम्युनिस्टहरू फेरि मिल्दैनन् भनेर कसैले जिम्मा लिन सक्छ ? विगतमा हामीसँग सरकारमा भएकाहरू मिलेका होइनन् ? कांग्रेस एक्लै चुनाव जित्ने हो भने एक वर्षमा १० देखि १२ लाख नयाँ मतदाता थप्नुपर्छ,’ मंसिर २९ गते महाधिवेशनमा आफ्नो प्यानलका प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भनेका थिए । 

तन कांग्रेससँग, मन एमालेसँग !

चुनावी तालमेलको कुरा हुँदा प्रचण्डको पहिलो रोजाइ एमाले नै हो । २०७४ सालको प्रतिनिधि सभा चुनावमा एमालेसँगको तालमेलका कारण प्रत्यक्षतर्फ माओवादीलाई राम्रो हैसियत प्राप्त भएको थियो । जबकि त्यही वर्ष स्थानीय तह निर्वाचनमा कांग्रेससँग गरिएको तालमेल अफापसिद्ध भएको थियो । पछि एमालेसँग प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय रोकेर तालमेलको प्रस्ताव लिएर गएका कांग्रेस नेतासँग प्रचण्डले भनेका थिए, ‘तपाईं (नेताहरू)को सद्भाव एउटा कुरा भयो, कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट हाल्दा रहेनछन् ।’

अहिले पनि माओवादीको भित्री मनसाय कम्युनिस्टहरूबीच नै चुनावी तालमेल को कोशिश गर्ने रहेको देखिन्छ ।

‘कम्युनिस्ट पार्टीका कार्यकर्ताले कम्युनिस्टलाई भोट दिन्छन्, चाहे माओवादीका कार्यकर्ता हुन् या एमाले । गत निर्वाचनमा यो प्रमाणित भइसकेको कुरा हो,’ माओवादी केन्द्रका एक पूर्व स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्त भोट हाल्दैनन् र हाम्रै कार्यकर्ताले पनि रुखमा भोट हाल्न हिच्किचाउँछन् ।’

उनले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर ओलीले आत्मालोचना नगर्दासम्म एमालेसँग चुनावी तालमेल नहुने बताए । 

उनका अनुसार एमालेसँग चुनावी तालमेलका लागि प्रचण्डलाई अर्को एउटा अप्ठ्यारो पनि छ, माधव नेपालको व्यवस्थापन । 

प्रचण्ड निकट ती नेताका अनुसार अहिले उनी माधव नेपाललाई अलपत्र पार्न तयार छैनन् । ‘नेकपाभित्र अप्ठ्यारो परेको समयमा माओवादी नेताहरू साथमा नरहँदा पनि माधव नेपालले प्रचण्डलाई भरोसा दिएका हुन्, उनलाई अलपत्र पारेर एमालेसँग जाने कुरा हुँदैन,’ ती नेताले भने ।

केपी ओली र माधव नेपालबीच अहिले पानी बाराबारको स्थिति छ । गत साउन १ गते प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट पुगेलगत्तै ओलीले अरूलाई क्षमा दिन सकिए पनि माधव नेपालको हकमा क्षमा दिन नसकिने बताएका थिए । माधव नेपालको व्यवस्थापनमा देखिएको समस्याकै कारण एमाले र माओवादीबीच तत्कालै चुनावी गठबन्धनको सम्भावना नरहेको माओवादीका दोस्रो तहका नेताहरू बताउँछन् । 

तालमेलका लागि तयार छन् देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने माओवादीसँग चुनावी तालमेलका लागि उदार देखिएका छन् । कांग्रेसकै उपसभापति धनराज गुरुङ लगायतका नेताहरूले माओवादीसँग चुनावी तालमेल गर्न नहुने धारणा राखिरहँदा देउवाले तालमेल गर्नुपर्ने बताइरहेका छन् ।

आइतवार वीरगञ्जमा देउवाले तालमेल नगर्दा विगतको हालत कस्तो थियो भनेर तालमेलको पक्षमा माहोल बनाउने काम गरेका थिए । 

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि देउवा र प्रचण्डबीच यही विषयमा कुरा भएको थियो ।

‘कांग्रेसकै एउटा तप्काले माओवादीलाई अन्डरस्टिमेट गर्‍यो भने हामी पनि सोच्न बाध्य हुन्छौं,’ प्रचण्डले देउवालाई भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो ।

जवाफमा देउवाले चुनावी तालमेल हुने आश्वासन दिएको माओवादी स्रोतको दाबी छ ।

कांग्रेसकै कतिपय नेताहरूले माओवादीलाई होच्याउने भाषा बोलेको भन्दै प्रचण्डले कांग्रेस र एमालेलाई रच्छ्यानमा पुर्‍याउने ताकत माओवादीसँग रहेको अभिव्यक्ति बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा दिएका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य स्थानीय तह निर्वाचनपछि तालमेल मात्र नभएर एकताकै प्रक्रिया शुरू हुने विश्लेषण गर्छन् । 

‘स्थानीय तह निर्वाचनको परिणामले कम्युनिस्ट एकताको प्रक्रिया फेरि शुरू हुन्छ, तर यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेका छैनन् । स्थानीय तह निर्वाचनमा कम्युनिस्टहरू फुटेरै चुनावमा सहभागी हुन्छन्, त्यसको परिणाम उनीहरूका लागि त्यति सुखद् हुँदैन,’ आचार्यले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १, २०७९

रुस–युक्रेन द्वन्द्व शुरू भएको एक वर्षभन्दा बढी समय भइसक्दा युद्ध टुंगिनुको साटो झन् चर्किने लक्षण देखिएको छ ।  मंगलवार कृष्ण सागर (ब्ल्याक सी) माथि उडिरहेको अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई रुसी...

फागुन ३०, २०७९

‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भा...

चैत २, २०७९

चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा राजस्व अनुसन्धान विभागले १७ वटा मुद्दामा जम्मा ३५ करोड रुपैयाँ मात्रै बिगो दाबी गरेको छ । पछिल्लो एक महिनामा भने ४ वटा मुद्दामा नै ६३ करोड रुपैयाँको ...

फागुन २९, २०७९

२०७४ फागुन ३० गते विद्या भण्डारीले दोस्रो कार्यकालको शपथ लिने समयमा शीतलनिवासमा एक प्रकारको सन्नाटा छाएको थियो । राष्ट्रपतिलाई शपथ गराउने व्यक्ति प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदबाट अपर्झट अवकाशको पत्...

चैत ३, २०७९

अस्ट्रेलिया, बेलायत र अमेरिकाले अकस सम्झौताअन्तर्गत  नयाँ घोषणा सोमवार (मार्च १३) मा गरेका छन् ।  सन् २०२१ को सेप्टेम्बर १५ मा यी तीन देशबीचको त्रिपक्षीय सुरक्षा सम्झौताका रूपमा अकसको जन्म भएको थियो ...

चैत ५, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x