जेठ १३, २०८०
संयुक्त राष्ट्रसङ्घ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय ...
भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ ।
च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको थियो ।
समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकेमा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको जनाएको छ ।”
“बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर (छ) र गोपालगञ्ज (१०) गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो । ”
बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ । भारतमा रक्सीले गर्दा हुने घातक मृत्युबारे अक्सर समाचारहरू आउने गर्छन् ।
गरिब मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा अक्सर घरायासीरूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाई रहेको छ ।
संयुक्त राष्ट्रसङ्घ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय ...
चीनमै बनेको पहिलो यात्रुवाहक विमानले पहिलो व्यापारिक उडान गरेको छ । सरकारी सञ्चारमाध्यममा सी९१९ नामक विमान आइतवार शाङ्हाईको आकाशमा उडेको अनि बेइजिङतर्फ लागेको देखाइएको थियो । यस विमानला...
रुसले युक्रेनको राजधानी किएभमा आइतवार गरेको ड्रोन आक्रमणको लहरले एकजनाको ज्यान गएको त्यहाँका मेयर भिताली क्लित्स्कोले बताएका छन् । अर्का एकजना घाइते भई अस्पतालमा भर्ना भएको जानकारी उनले दिए । ...
भारतको छत्तीसगढमा एक महिलाले आफ्नो बुवासँग मिले श्रीमानको हत्या गरेकी छन् । छत्तीसगढको दुर्ग जिल्लामा महिला(कविता साहू)ले आफ्नो बुवासँग मिलेर श्रीमान(अभिषेक नायक)को हत्या गरेकी हुन् । प्रहरीले ती महिला र उनक...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन्। “यो भवन आधुन...
किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...