×

गिरिजा प्रसाद कोइराला र नेपालको परराष्ट्र सम्बन्ध विषयक कार्यशाला गोष्ठी सम्पन्न

चैत ७, २०७८

नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष श्री गिरिजा प्रसाद कोइराला को १२ औ स्मृति दिवसको सन्दर्भमा गिरिजा प्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध'  बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।  सो कार्यक्रम गिरिजा प्रसाद कोइराला फाउण्डेशनको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा त्रि बि किर्तिपुरमा भएको हो। 

पूर्व उप प्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइराला को प्रमुख आतिथ्यता तथा मानविकी तथा सामाजिक संकायका डिन प्रा डा कुशुम शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा   पूर्व राजदुत एबम प्रधानमन्त्रीमा पूर्व परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई र पूर्व प्रधानमन्त्री का सल्लाहकार डा राम थपलियाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।


Advertisment

गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनका अध्यक्ष समेत रहेकी कोइरालाले गिरिजा बाबुले हाम्रा दुवै छिमेकी राष्ट्र,  महाशक्ति राष्ट्र अमेरिका तथा हाम्रा बिकासका साझेदार राष्ट्रहरु सबै संग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरि अगाडी बढेको हुनाले देशमा आइपरेका ठुला ठुला संकटहरु  पनि उहाको नेतृत्वमा निर्मुल   भएको बताउनु भयो। उहामा सबै मित्र राष्ट्रलाइ बिश्वासमा लिएर काम गर्न सक्ने क्षमता रहेको स्मरण गर्दै सन्तुलित विदेश नीति नै नेपालको दिर्घकालिन हितमा रहेको बताउनु भयो।


Advertisment

सो कार्यक्रममा  बरिष्ठ पररास्ट्रविद डा दिनेश भट्टराई र डा राम थपलियाले  गिरिजा प्रसाद कोइरालाको बहुआयमिक व्यक्तित्वको ब्याख्या गर्दै उहाले अवलम्बन गरेको विदेश नीति बारे बिस्तृत कार्यप्रत्र प्रस्तुत गर्नु भएको थियो। मानविकी संकायका डिन प्रा डा कुशुम शाक्यले गिरिजा बाबु एक अन्तरास्ट्रियस्तरको राजनेता भएको बताउदै फ़ाउण्डेशनले उहाका योगदानहरुलाइ सम्बर्धन गर्न शैक्षिक संस्थाहरु संग सहकार्य गरि  अनुसन्धानमुलक क्रियाकलाप अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो। अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग, त्रिभुवन बिश्वबिध्यालयका प्रमुक प्रेम खनालले नेपालको पररास्ट्र मामिलामा बिभागले नियमित कार्यक्रम हरु गरिरहेको बताउदै गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन संग पनि विदेश नीति सम्बन्धि अध्ययन तथा अनुसन्धानमुलक काम हरुमा  सहकार्य गरेर जाने बताउनु भयो। 

समझदारी पत्रमा हस्ताक्षर 

गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन र अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।  फ़ाउण्डेशनले स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थीलाइ गिरिजा प्रसाद कोइराला तथा नेपालको पररास्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक बिकास संग जोडिएको बिषयमा शोधपत्र तयार गर्न रु ८०,००० बराबरको गिरिजा प्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्नेछ। साथै अन्य शैक्षिक कार्यक्रम हरुमा पनि सहकार्य हुने छ। सो सम्बन्धि समझदारी पत्रमा अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभागका प्रमुख प्रेम खनाल र फ़ाउण्डेशनका तर्फ बाट रिसर्च डाइरेक्टर डा तारा प्रसाद बन्जाडेले  हस्ताक्षर गर्नु भयो।

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x