×

NMB BANK
NIC ASIA

पाँच महिनामा ८ क्यासिनोलाई लाइसेन्स

नेपाललाई जुवाघर बनाउन धमाधम क्यासिनोलाई लाइसेन्स, मौलिक पर्यटनमा छैन आलेको ध्यान !

चैत १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पर्यटन मन्त्री नियुक्त भएको पाँच महिनामै प्रेमबहादुर आलेले ८ वटा क्यासिनोलाई सञ्चालन अनुमति दिएका छन् । २ वटा क्यासिनो अहिले पनि अनुमति लिने प्रक्रियामा छन् । चालू आर्थिक वर्षमा मात्रै ९ वटा क्यासिनोले अनुमति पाइसकेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले २०७० मा क्यासिनो नियमावली ल्याएपछिको ६ वर्षमा औपचारिक रूपमा दर्ता भएर सञ्चालनमा आएका क्यासिनोको संख्या १५ वटा थियो । तर, चालू आवको माघसम्ममा मात्रै क्यासिनोको संख्या २४ वटा पुगिसकेको छ । अझै २ वटा तत्कालै थपिने प्रक्रियामा रहेको र आए जतिलाई अनुमति दिने पर्यटन मन्त्रीको नीतिले नेपाल जुवाघर बन्ने खतरा उत्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पर्यटनका लागि खुला भएदेखि नै हिमालयको देश र विविध प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा चिनिँदै आएको छ । नेपाललाई विदेशीले सगरमाथाको देश भनेर चिन्छन् । नेपालको पहिचान भनेकै मौलिक पर्यटन, प्राकृतिक सौन्दर्य र पर्यटकीय विविधता हो । नेपाललाई विश्वमा चिनाउने पहिचान नै मौलिक पर्यटन हो । तर मौलिक पर्यटनलाई मासेर जुवाघर बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको पर्यटन व्यवसायी भरत बस्नेतले बताए ।


Advertisment
Nabil box
Kumari

कोरोना महामारीअघि सन् २०१९ को तथ्यांक हेर्ने हो भने नेपालमा बिदा मनाउन आउने पर्यटकको संख्या सबैभन्दा बढी (६५ प्रतिशत) छ । मनोरञ्जनका लागि आउने र त्यसमा पनि क्यासिनोमा खेल्ने उद्देश्यसहित आएकाहरूको संख्या जम्मा ५ प्रतिशत भन्दा पनि कम छ ।

Vianet communication
Laxmi Bank

विदेशीले रुचाउने र सबैभन्दा बढी चर्चा हुने पदयात्रा र पर्वतारोहणका लागि आउने पर्यटकको कुल आगमन संख्या १७ प्रतिशत छ । नेपालमा व्यापारिक उद्देश्यका लागि आउने पर्यटकको हिस्सा नगन्य छ भने सभा समारोहसहित अन्य प्रयोजनमा आउनेको हिस्सा पनि निकै न्यून छ ।

सरकारले सन् २०११ मा ल्याएको गाउँ–गाउँ पर्यटन पुर्‍याउने अभियान अहिले पनि आवश्यक छ । सरकारले त्यतिबेला नेपाल भित्रिएका ८० प्रतिशत पर्यटकलाई गाउँ पुर्‍याउने उद्देश्य लियो ।

त्यसैका लागि होमस्टे पर्यटन शुरू भएको हो । आज गाउँगाउँमा आर्थिक स्रोत भित्र्याउने र अतिरिक्त आम्दानीको स्रोत बनेको होमस्टे जस्ता पर्यटनको खाँचो हुँदाहुँदै शहर केन्द्रित योजनामा सरकार रमाउनु उपयुक्त नहुने पर्यटनविद् दीपकराज जोशीको भनाइ छ ।

पछिल्लो समय थपिएको साहसिक, धार्मिक, आध्यात्मिक, जलयात्रासहितमा पर्यटकको रुचि देखिन्छ । यसले विदेशीलाई आकर्षित गर्न नयाँ सौन्दर्य थपेको पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका जोशीले बताए ।  

जोशीले भने, ‘नेपाल विविध सांस्कृतिक पर्यटकीय गन्तव्य भएको देश हो । क्यासिनो खेल्न आउने गन्तव्य मात्रै नेपाल होइन ।’ उनका अनुसार नेपालको प्राकृतिक विविधतासँगैको मौलिक सौन्दर्यले विदेशीलाई आकर्षित गरिरहेको हुन्छ । नेपालमा पछिल्लो समय क्यासिनोलाई बढी महत्त्व दिएर धमाधम अनुमति दिइएको छ । 

आवश्यकताको अध्ययनविना नै क्यासिनो खोल्न दिनु औचित्यपूर्ण नभएको जोशीको बुझाइ छ ।

नेपालमा आरोहणका लागि खुला भएका ४ सय हिमालमध्ये अझै ७५ वटामा मानव पाइला परेको छैन । आरोहण खुला भएकामा पनि १/२ पटक मात्रै आरोहण भएका हिमालको संख्या अधिक छ । 

पर्यटकको रुचि गाउँमा, सरकार भुलाउन चाहन्छ शहरमा 

नेपाल भित्रिएका पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटक काठमाडौंबाहिर जाने गरेका छन् ।

नेपाल भित्रएकामध्ये अधिकांश पर्यटक काठमाडौं बाहिर तथा शहरबाहिर जान रुचाउने भएकोले पनि शहरकेन्द्रित क्यासिनोलाई फोकस गर्नुको कुनै अर्थ नहुने पर्यटनविदहरूको भनाइ छ ।

पर्यटकको रुचि गाउँगाउँ पुग्नेमा भए पनि सरकारले भने शहरमै भुलाउन चाहेको तर्क जोशीले गरे ।

पछिल्लो समय पर्यटन मन्त्रालयले भने जहाँ तारे होटल खुले पनि अनुमति माग्नासाथ क्यासिनो दिन थालको देखिन्छ । यसले नेपालको पर्यटन ब्रान्डमा असर गर्छ । गोवा, मकाउसहितले अन्य विकल्प नभएर क्यासिनोलाई दिएको जस्तो प्राथमिकता नेपाललाई आवश्यक नभएको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी पनि नेपाल क्यासिनो पर्यटनको गन्तव्य नभएर विविध पर्यटकीय विशेषताले भरिएको मुलुक भएकाले गाउँगाउँ पुग्ने गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । पर्यटकको रुचिअनुसार प्रडक्ट बनाएर गाउँ पठाउँदा स्रोतको प्रयोग बढी हुने र स्थानीय स्तरले लाभ पाउने तर्क उनको छ । 

रेग्मीका अनुसार हवाइ जहाजमा आउने कुनै पनि पर्यटकलाई क्यासिनोमा रुचि हुँदैन् । नेपाल आउने पर्यटकमध्ये खर्चालु र युरोप तथा अमेरिका लगायत मुलुकबाट आउने पर्यटक क्यासिनो खेल्नका लागि आउँदैनन् । भारतीय पर्यटक र केही चिनियाँले क्यासिनोमा रुचि राख्ने भएपनि यसको हिस्सा समग्र पर्यटनको आवश्यकता भन्दा कम रहेको उनको भनाइ छ ।

पछिल्लो समय भारतीय सीमा नजिकका शहर मिनी क्यासिनोको हब बन्दै गएका छन् । काठामाडौंसहितका महानगरमा खुल्ने ५ तारे होटलले व्यापार बढाउन र खर्चालु पर्यटक आकर्षण गर्न पनि क्यासिनोलाई सँगै राख्न दिएका छन् । यो बाहेक डाँडाकाँडामा होटल खुल्यो भन्दैमा क्यासिनो नै सञ्चालन गर्न दिने र क्यासिनो माग्ने वातावरण बनाउन नहुने सीईओ रेग्मीले बताए ।

नेपालले जहाँसुकै क्यासिनो खोल्न दिँदा मौलिकता नासिने चिन्ता उनले व्यक्त गरे । संसारका हरेक देशले आफ्नो ब्रान्डलाई विशिष्टिकृत गरेका हुन्छन् । नेपालमा पनि क्यासिनो मात्रै नभएर पर्यटकको इच्छा र चाहना अनुसारको विविध सेवा सुविधा दिनुपर्ने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीको बुझाइ छ । 

सुवेदीले भने, ‘खासगरी नेपाल आउने पर्यटकमा क्यासिनो रुचाउने भनेका भारतीय नै बढी हुन् । यसको संख्या कुल पर्यटकमध्ये १० प्रतिशतभन्दा कम हुन्छ ।’ 

राज्यले लिने नीति बढीभन्दा बढीलाई लाभ दिनेगरी बनाउनुपर्ने उनले बताए । त्यो बाहेक अन्य देशबाट आउने पर्यटकको रुचिको क्षेत्र धार्मिक, सांस्कृति, पर्वतारोहण, हेरिटेज पर्यटनसहितलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने सुवेदीको भनाइ छ ।

‘पर्यटकले नेपाल आउँदै जलयात्रा, पर्वतारोहण, मनोरञ्जन वा ट्राभल के गर्ने भनेर योजना बनाएर आउने गरेका पाइन्छ । सरकारले पर्यटकले रुचाउने गन्तव्य र पर्यटकीय प्रडक्टलाई प्रवर्द्धन गरेर जानुपर्छ, क्यासिनो मात्रै हैन,’ अध्यक्ष सुवेदीले भने ।

पर्यटक आगमनसँगै बसाई अवधि बढाउन भने आवश्यकता हेरेर क्यासिनोको संख्या बढाउन सकिने भएपनि हिमाली क्षेत्र, आध्यात्मिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक क्षेत्रमा रुचि हुनेलाई पनि क्यासिनो खेल्न आऊ भनेर भन्न नमिल्ने पर्यटनविद् दीपकराज जोशीको छ । 

कुनै विकल्प नभएका कारण क्यासिनोलाई महत्त्व दिएका देशसँग तुलना गरेर क्यासिनोलाई महत्त्व दिनु नहुने उनले बताए ।

नेपालले प्रवद्र्धन गर्न सक्ने थुप्रै क्षेत्र छन् । नेपालमा पनि हरेक डाँडामा पर्यटकीय सम्भावना छ । 

मौलिक पर्यटन मासेर जुवाघर बनाउनु हुन्न

नेपालको मौलिक पर्यटनलाई मासेर जुवाघर बनाउन नहुने तर्क निजी क्षेत्रका पर्यटन व्यवसायीको पनि छ । नेपालमा गुणस्तरीय पर्यटनका अभियन्ता भरत बस्नेतले हाम्रा मौलिक पर्यटन जोगाएर प्रवद्र्धन गर्नुपर्नेमा सरकार भने अल्पकालीन लाभका लागि दौडन थालेको बताए । 

‘नेपाललाई लामो समय बस्ने, संस्कृति हेर्न आउने, पदयात्रा र पर्वतारोहण, वन जंगलमा जाने तथा होमस्टेमा बस्ने पर्यटक चाहिएको छ,’ बस्नेत भन्छन्, ‘संस्कृति र पर्यटकीय गन्तव्यमा पर्यटक पुग्ने र तिनले गर्ने खर्च गाउँगाउँ पुग्ने हुनुपर्छ ।’

हाल नेपालमा विदेशी पर्यटकको औसत बसाइ दर १५.१ दिनको छ । यो दर सन् २०१९ मा १२.७ दिन मात्रै थियो । पछिल्लो समय महामारीपछिको क्वारेन्टाइनका कारण पर्यटकको बसाई अवधि बढेको देखिन्छ । नेपाल आउने खर्चालु पर्यटकको बसाइ अवधि बढाउन थप पर्यटकीय विविधता चाहिन्छ । 

पर्यटकको बसाइ बढाउन विविध पर्यटकीय प्रडक्ट चाहिन्छ भने त्यतातर्फ आकर्षित पनि गर्नुपर्छ । नेपालमा हालसम्म ३४ वटा विभिन्न साहसिक पर्यटन खुलेका छन् । जलयात्रा, पर्वतारोहण र पदयात्राबाहेक नै नेपालमा जिपलाइन, स्काइड्राइभ, बञ्जी, क्यानोनिङसहितको क्षेत्रमा पनि पर्यटक आकर्षण छ ।

मौलिक पर्यटन प्रबद्र्धन गर्न सरकारले सेवा सुविधा दिने, प्राकृतिक सांस्कृतिक स्रोतको जगेर्ना गर्नेमा कार्यमा जोड दिनुपर्ने सुझाव पर्यटन व्यवसायी भरत बस्नेतको छ ।


पर्यटन विभागले भने विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जिसीको संयोजकत्वमा साहसिक पर्यटन प्रवद्र्धन तथा नियमन गर्न कार्यविधि बनाउँदै छ ।

३ महिनाभित्र बनिसक्ने ‘साहसिक पर्यटनसम्बन्धी कार्यविधि’को कार्यगत शर्त नै पछिल्लो समय उदाएका र सम्भावना भएका पर्यटकीय क्षेत्रलाई नियमन गर्नु हो । साहसिक पर्यटनलाई थप सुरक्षित र विश्वसनीय बनाउँदै अन्तर्राष्ट्रिय समुदाय आकर्षित गर्ने माध्यम विभागले खोजेको छ ।

विभागका सूचना अधिकारी जिसी नेपालको आवश्यकता अनुसार सबै प्रकारको पर्यटनलाई महत्त्व दिनुपर्ने तर्क गर्छन् । जिसी नेपाल विविध पर्यटकीय गन्तव्यको देश भएकोले जुवा खेल्न रुचाउनेलाई क्यासिनो र अन्य गतिविधि गर्न रुचाउनेलाई त्यहीँ अनुसारको प्रोडक्ट बनाउनुपर्ने बताउँछन् ।

पर्यटन प्रवद्र्धन र विकास गर्ने निकाय पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा क्यासिनोलाई मात्रै कहिले राख्दैन । बोर्डका अनुसार अन्तर्राष्ट्रिय स्तरमा जाँदा सिंगो देशको प्रतिनिधित्व गर्नुपर्ने भएकाले जहाँ पुगिन्छ, त्यहीँको आवश्यकता अनुसार प्रवद्र्धन गर्नुपर्ने हुन्छ । मौलिक पर्यटनमा अलि बढी जोड दिनु हाम्रो पर्यटनको आवश्यकता पनि भएको तर्क बोर्डका अधिकारीहरूको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x