२६ जेठ २०८३, मंगलबार

तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा निशुल्क आँखा शिविर

तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा निशुल्क आँखा शिविर

तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा र तेज कोहली  एण्ड रुइत फाउण्डेशनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा यहि चैत्र १० देखि १२ गतेसम्म निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ ।

जसमा २२०६ जनाको आँखा जाँच तथा उपचारमध्ये ३०५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । 

निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा गत फाल्गुण २ गते प्रस्तावित तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल भवनको शिलान्यास साथै निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सामुदायिक आँखा केन्द्रको उद्घाटन पश्चात् नगरपालिका लगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, मकवानपुर र सर्लाहीमा मोतिविन्दु छनौट शिविरहरु संचालन गरि शल्यक्रिया गरिने बिरामीहरुलाई निजगढ शिविरमा ल्याइएको थियो ।

शल्यक्रिया शिविरमा प्रतिष्ठानका वरिष्ठ कन्सलटेन्ट नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्याल साथै हेटौडा सामुदायिक आँखा अस्पतालका प्रमुख तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. सुुनिल थकालीको टोली संलग्न रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्