×

NMB BANK
NIC ASIA

पम्फा र कुलमानको प्रशंसा गर्दै प्रचण्डले भने- उनीहरूले जस्तै काम गरे देश बन्न बेर लाग्दैन

चैत १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रयासले नेपाल तीव्र विद्युतीकरणमा गएको भन्दै प्रशंसा गरेका छन् । 

Muktinath Bank

बुधवार गृहजिल्ला चितवनमा नवनिर्मित सबस्टेसनको उद्घाटन गर्दै प्रचण्डले छोटो अवधिमा नै चरम लोडसेडिङको अवस्थाबाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको र ऊर्जा क्षेत्रमा जस्तै प्रतिबद्ध भएर काम गरे देश विकास गर्न धेरै समय नलाग्ने प्रमाणित गरेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले भने, ‘लोडसेडिङमुक्त देश मात्रै होइन, अब त विद्युत सरप्लस ! धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो । अब यातायात, चुलोचौको, सिँचाइ पनि विद्युतबाट र सबै चिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रको नेतृ पम्फा भुसाल ऊर्जामन्त्री भएपछि कमजोर आर्थिक अवस्था भएकाहरूका लागि निःशुल्क विद्युत दिने घोषणा गरेको भन्दै उनले तारिफ गरेका थिए ।

Vianet communication
Laxmi Bank

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने निर्णयमा गर्व लागेको पनि उनले सुनाएका थिए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद,’ प्रचण्डले भने । 

ऊर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उपस्थित रहेको कार्यक्रममा प्रचण्डले उनीहरूकै तारिफ गरेका थिए । 

प्रचण्डले भने, ‘जसरी ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगको कामलाई प्रगति गर्‍यो । सबै मन्त्रालयले त्यसरी नै काम गर्ने हो भने यो देश बनाउन धेरै वर्ष लाग्दो रहेनछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x