
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भंग गर्न राष्ट्रपति आरिफ अल्वीलाई आइतवार सल्लाह दिएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै खानले राष्ट्रपतिलाई उक्त सल्लाह दिइएको बताए ।
पाकिस्तानी संसद्का उपसभामुख कासिल सुरीले प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेपछि खानले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । संविधानको धारा ५ को बर्खिलाप रहेको भन्दै उपसभामुखले अविश्वास प्रस्ताव खारेज गरेका हुन् ।
अविश्वास प्रस्ताव खारेज भएपछि खानले राष्ट्रलाई बधाई दिए । सत्तापसरिवर्तनको विदेशी षड्यन्त्रलाई उपसभामुखले निस्तेज पारिदिएको उनले बताए ।
राष्ट्रघात भइरहेको भनी आफूलाई धेरै मानिसले चिन्तित हुँदै सन्देश पठाएको पनि इमरान खानले बताए । उनले भने, ‘कोही पनि आत्तिनुपर्दैन । अल्लाहले पाकिस्तानलाई हेरिरहनुभएको छ ।’
अब ताजा जनमत लिनुपर्ने इमरान खानको भनाइ छ ।