२६ जेठ २०८३, मंगलबार

पाकिस्तान : अविश्वास प्रस्ताव रद्द गरिएको घटनामा सेनाको हात नभएको प्रवक्ताको दाबी

चैत २०, २०७८
पाकिस्तान : अविश्वास प्रस्ताव रद्द गरिएको घटनामा सेनाको हात नभएको प्रवक्ताको दाबी

पाकिस्तानको संसद् नेसनल एसेम्बलीमा आइतवार प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव रद्द गरिएको घटनामा सेनाको कुनै भूमिका नरहेको प्रवक्ताले बताएका छन् । 

एक निजी टीभी च्यानलसँग कुरा गर्दै मेजर जनरल बाबर इफ्तिखारले यो टिप्पणी गरेका हुन् । 

यसअघि संसद्का उपसभामुख कासिम सुरीले विपक्षीहरूद्वारा पेश गरिएको अविश्वास प्रस्तावलाई संविधानको धारा ५ को विपरीत भन्दै रद्द गरेका थिए । 

सुरीको यो भनाइबाट आक्रोशित विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए । 

लगत्तै इमरान खानले संसद् भंग गर्न राष्ट्रपति आरिफ अल्वीलाई सल्लाह दिएलगत्तै राष्ट्रपतिले संसद् भंग गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्