कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
चैत २२, २०७८
पाल्पाका सबैजसो पालिकामा चुनावी माहोल तातेको छ । पाल्पामा २०६४, २०७० सालको संविधानसभा र २०७४ सालको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको वर्चस्व देखिन्छ ।
निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा ३ क्षेत्रबाट घटेर २ निर्वाचन क्षेत्र कायम भएको पाल्पामा वाम पार्टी नै हाबी भएका छन् ।
१० स्थानीय तह रहेको पाल्पामा चिसो सिरिठोसँगै चुनावी सरगर्मी तातेको छ । ६ पालिकामा एमाले र ४ पालिकामा कांग्रेसले जीत निकालेको पाल्पामा अहिले एमाले र कांग्रेस चुनावी रस्साकस्सीमा जुटेका छन् । एमालेले विगतको विरासतलाई कायम राखी थप पालिका जित्ने कसरत गरिरहेको छ भने कांग्रेसले गठबन्धन गरेर भए पनि पाल्पामा आफ्नै प्रभाव बढाउने दाउ खोज्दैछ ।
आगामी वैशाख ३० गते हुने निर्वाचनमा पाल्पा एमालेका प्रभावशाली नेताद्वय ठाकुर गैरे र दलबहादुर रानाविरुद्ध गठबन्धन हुने देखिएको छ । सत्तारुढ गठबन्धनबाट फाइदा उठाउने दाउमा कांग्रेस छ । पाल्पामा नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको खासै प्रभाव देखिँदैन ।
विगतको मत फर्केर हेर्दा ...
तानसेन नगरपालिका – एमाले १०४५०, कांग्रेस ८०६७, माओवादी ११३७
रामपुर नगरपालिका – कांग्रेस ८८८५, एमाले ७६७६, जनमोर्चा ११४
तिनाउ गाउँपालिका – एमाले २८१०, कांग्रेस २७०७, माओवादी २३८८
निस्दी गाउँपालिका – एमाले ५३२०, कांग्रेस २९२३, संघीय समाजवादी ५३
पूर्वखोला गाउँपालिका – एमाले ५६३६, कांग्रेस १७३२, स्वतन्त्र १७३
बगानसकाली नगरपालिका – कांग्रेस ५५९४, एमाले ५३४६, जनमुक्ति १४६
माथागढी गाउँपालिका – कांग्रेस ५७९९, एमाले ३८०६, स्वतन्त्र १८३
रम्भा गाउँपालिका – एमाले ४७६७, कांग्रेस ४०९८, माओवादी ३२३
रिब्दीकोट गाउँपालिका – एमाले ३६९३, माओवादी २४४८, कांग्रेस २५५६
रैनादेवी छहरा गाउँपालिका – कांग्रेस ५१४६, एमाले ४९४३, माओवादी २०३९
तानसेन नगरपालिका
तानसेनमा एमालेका प्रभावशाली नेता नहुँदा बहालवाला मेयर अशोककुमार शाही फेरि मेयरको उम्मेदवार बन्ने पक्कापक्की जस्तै देखिन्छ । आसन्न निर्वाचन जितेर शाही तानसेनमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।
२०५४ र २०७४ सालको निर्वाचनमा शाहीले मेयरमा जितेर तानसेन सम्हालिसकेका छन् । शाही एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन् । उनी हालै काठमाडौं पुगेर पार्टी अध्यक्ष ओलीसँग भेट गरी मेयरको टिकट सुरक्षित गरेर जिल्ला फर्किसकेका एमाले पाल्पाका नेताहरू बताउँछन् ।
हाल उनी चुनावी दौडधुपमा नगरका विभिन्न ठाउँमा खटिएका छन् । तानसेन एमालेको प्रभाव क्षेत्र हो । गत निर्वाचनमा मेयर/उपमेयरसहित बहुमत स्थान एमालेले जितेको थियो तर सत्तारूढ दलको गठबन्धन गरे एमालेलाई तानसेनमा ‘फलामको चिउरा’ चपाउनुसरह हुने देखिन्छ ।
तानसेन पुरानो नगर हो । मेयर शाहीले पार्टीले जिम्मेवारी दियो भने नेतृत्वमा फेरि आउने बताए । ‘पाल्पा चिसो ठाउँ हो, चुनावी माहोल अझै तातेको छैन,’ मेयर शाहीले भने, ‘पार्टीको उम्मेदवारलाई जिताउने हो, त्यसमा म पनि हुन सक्छु, अरू पनि हुन सक्नुहुन्छ ।’
शाहीले निर्वाचनमा कांग्रेसका अजय कर्मचार्यलाई १ हजार ५६४ मत अन्तरले पराजित गरेका थिए । शाहीको १० हजार ४५० र कर्माचार्यको ५ हजार ६७ मत थियो । शाहीलाई पुनः अगाडि बढाउन एमाले पाल्पाका युवा नेता ठाकुर गैरे पनि सकारात्मक छन् । पार्टीका जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे र तानसेन नगर कमिटी अध्यक्ष गुरास आत्रेयले पनि मेयरमा आकांक्षा देखाए पनि स्पष्ट बोल्न नसकेका जनाइएको छ ।
उपमेयरमा लक्ष्मी पाठक, एमाले प्रवक्ता दामोदर घिमिरे लगायतले आकांक्षा देखाएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयका पूर्व स्वकीय सचिव भएर पनि विभाजनका बेला एमालेमै बसेकाले यसपटक उनलाई अगाडि सार्नुपर्ने माग समेत छ ।
पाल्पामा उम्मेदवार सिफारिसमा जिल्ला इन्चार्ज तथा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेताहरू दलबहादुर राना र ठाकुर गैरेले छलफल अगाडि बढाएका छन् । पछिल्लो पटक नेकपा हुँदै एमाले पनि विभाजन भएकाले विभाजनको समयमा समेत सबैको मन जितेर समन्वयकारी भूमिका खेल्नसक्ने उम्मेदवार भएमा तानसेनमा एमालेले जीत निकाल्न गाह्रो नहुने बताइन्छ । तानसेन पश्चिम क्षेत्रकै पुरानो शहर हो ।
तानसेनमा कांग्रेस भने गठबन्धन गरेर अगाडि बढ्ने देखिन्छ । तानसेन नगरको प्रमुखका लागि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठ र पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनको चर्चा छ । यसअघि मेयरमा पराजित कर्माचार्य पनि फेरि लड्ने मनस्थितिमा देखिन्छन् तर कांग्रेसभित्रका पुराना नेताहरूले कांग्रेसको विरासत फर्काउन पार्टी सभापति हिमालदत्त श्रेष्ठलाई चुनावी मैदानमा उतार्नुपर्ने बताउँदै आएका छन् ।
सभापति श्रेष्ठ कांग्रेसलाई बलियोसँग हाँक्ने र अहिले कुनै पनि पदमा चुनावी नलड्ने बताउँछन् ।
नेकपा माओवादी केन्द्रबाट तानसेन नगरपालिकाको मेयरका लागि प्रतिक्षा सिंजाली आकांक्षी रहेको बताइन्छ । उनी २०७४ सालमा माओवादीका तर्फबाट समेत उम्मेदवार हुन् तर माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डेयलाई एकपटक तानसेनको मेयर बनेर जिल्लाको विकास गर्न अवसर दिनुपर्ने माग पनि छ । पाण्डेले पाल्पा जिल्ला अस्पतालको अध्यक्ष सम्हालेसँगै उनको चर्चा बढी छ ।
रामपुर नगरपालिका
पाल्पाको अर्को नगर रामपुरमा मेयर रमणबहादुर थापालाई नै अगाडि सार्ने तयारी छ । गत निर्वाचनमा रामपुर कांग्रेसको पोल्टामा गएको थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वर्तमान नगर प्रमुख रमणबहादुर थापा नै दोहोरिने सम्भावना छ । कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा पनि आकांक्षी छन् ।
नेकपा एमालेबाट रामपुर नगर प्रमुखका लागि हालका लुम्बिनी प्रदेश सदस्य युवराज खनाललाई अगाडि सार्ने चर्चा छ । गत निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका राजु श्रेष्ठ पनि उम्मेदवार बन्न सक्ने देखिन्छ ।
पूर्वखोला गाउँपालिका
एमालेको बाहुल्यता रहेको पाल्पाको पूर्वखोला गाउँपालिकामा गत निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ पारेको थियो । आगामी निर्वाचनमा एमाले आफ्नो साख जोगाउन केन्द्रित छ भने अन्य दल एमालेको विरासत तोड्न लागिपरेका छन् ।
गत निर्वाचनमा पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले ८ हजार ८३६ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका झमानराज मगरले १ हजार ३२ मत मात्र प्राप्त गरेका थिए । पूर्वखोलामा अहिले पनि एमाले विभाजनको असर छैन ।
एमालेबाट पूर्वखोला गाउँपालिका अध्यक्ष पदमा वर्तमान अध्यक्ष नुनबहादुर थापा नै दोहोरिने मनस्थितिमा छन् । वर्तमान उपाध्यक्ष भागिरथी भट्टराई, विद्यार्थी राजनीतिबाट उदाएका हालका गाउँ कमिटी अध्यक्ष जीवन आचार्य, खेमबहादुर खारु पनि अध्यक्षका आकांक्षीका रूपमा अगाडि देखिन्छन् ।
कांग्रेसका तर्फबाट झमानराज मगरको चर्चा छ । युवा नेता किशोर पंगेनी, विष्णुदेवी आचार्य, कृष्ण पौडेल लगायतका नेता पनि अध्यक्षका दाबेदारका रूपमा हेरिएका छन् ।
नेकपा माओवादीबाट भीमबहादुर सारु अध्यक्षका आकांक्षी रहेका बताइन्छ ।
रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिकामा यसअघिको विरासत जोगाउन एमालेले अध्यक्ष नारायणबहादुर जिसीलाई नै अगाडि सार्ने देखिन्छ । गत स्थानीय निर्वाचनमा जिसीले ३ हजार ६९३ मतसहित जितेका थिए । माओवादी केन्द्रका लीलाबहादुर कार्कीले २ हजार ८४८ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी लक्ष्मी खनालले ३ हजार ७ ९८ मत ल्याएर जितेकी थिइन् ।
एमालेका पूर्व गाउँपालिका अध्यक्ष समेत रहेका चिरञ्जीवी पोखरेलको समेत गाउँपालिका अध्यक्षमा चर्चा छ । विद्यार्थी राजनीतिबाट आएका तुलबहादुर अधिकारीको पनि चर्चा छ ।
कांग्रेसको रिब्दीकोट सभापति रामचन्द्र पाण्डे कांग्रेसबाट पालिका अध्यक्षमा प्रमुख दाबेदार हुन् । गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित गोविन्दबहादुर आचार्य पुराना नेताको रूपमा चिनिन्छन् । एकपटक पालिका अध्यक्ष आफ्नो पोल्टामा पार्ने दाउमा रहेका आचार्य निकट नेता बताउँछन् ।
नेकपा माओवादी केन्द्रबाट हालसम्म नारायणबहादुर कार्कीको नाम मात्र गाउँपालिका अध्यक्षमा चर्चामा छ ।
रम्भा गाउँपालिका
२०७४ सालको निर्वाचनमा पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी बनेको थियो । जिल्लाको मध्य भागमा रहेको सबैभन्दा सानो ५ वटा मात्र वडा रहेको रम्भामा नेकपा एमाले ४ वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी बनेको थियो । २०७९ सालमा हुने स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट वर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारी नै अग्रसर देखिएका छन् ।
एमाले गाउँ कमिटी अध्यक्ष योगेन्द्रकुमार गैरेले नेतृत्वमा आउने आकांक्षा देखाएका छन् । कालिदास श्रेष्ठ, कृष्णप्रसाद रेग्मी र वर्तमान उपाध्यक्ष राधाकुमारी श्रेष्ठको पनि आकांक्षा रहेको बताइन्छ ।
रम्भा गाउँपालिका अध्यक्षका लागि कांग्रेसका तर्फबाट युवराज पौडेल ‘दिपक’, हेमराज अर्याल ‘विश्व’, विष्णु थापा, भरत रसायली, थमनबहादुर गाहाको चर्चा नेतृत्व वृत्तमा छ ।
माओवादीको तर्फबाट दिनेश अर्याल आकांक्षी रहेका बताइन्छ । माओवादीले कांंग्रेस र समाजवादीसँग तालमेल गरेको अवस्थामा कांग्रेसको अध्यक्ष र माओवादीको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी रहनसक्ने चर्चा पनि छ ।
माथागढी गाउँपालिका
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष/उपाध्यक्षसहित सबै वडामा निर्वाचित भएको थियो । कांग्रेस आफ्नो विरासत जोगाउन कस्सिएको छ भने गाउँपालिकामा प्रमुख प्रतिपक्षका रूपमा रहेको नेकपा एमाले त्यसलाई चिर्न लागेको छ ।
गाउँपालिकामा सन्तोष थापा मगर विजयी भएका थिए । उनी यसपटक पनि अध्यक्षका रूपमा आकांक्षी रहेका छन् । नेकपा एमालेको तर्फबाट विमल काफ्ले र यम चिदीको चर्चा भएको देखिन्छ । चिदी मगर समुदायको समेत भएका कारण एमाले वृत्तमा चिदीलाई नै अध्यक्षको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।
माओवादी केन्द्रका तर्फबाट हरि चौहान अध्यक्षका उम्मेदवार हुन् र नेकपा एस तथा अन्य साना दलसँगको सहकार्यमा चुनावी मैदानमा उत्रिन सक्ने चर्चा छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...