×

NMB BANK
NIC ASIA

युक्रेनको बुचामा रुसी सैनिकहरूले सर्वसाधारणको सामूहिक हत्या गरेको आरोप

चैत २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनको राजधानी किएभभन्दा १७ माइल उत्तरपश्चिममा रहेको शहर बुचामा रुसी सैनिकहरूले सर्वसाधारणको हत्या गरेको आरोप लगाइएपछि संसारभरि रुसविरुद्ध आक्रोश फैलिएको छ । 

Muktinath Bank

पछाडि हात बाँधिएका मृत शरीर बाटोभरि छरिएको पाइएको छ । मार्नुअघि मानिसलाई नजिकैबाट गोली हानिएको थाहा हुने गरी लाशमा चोट देखिन्छ । कतिपय मानिसलाई हत्या गर्नुअघि यातना दिइएको पनि पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी सैनिकहरू उक्त ठाउँबाट पछि हटेपछि यस्तो दृश्य देखिएको हो । 


Advertisment
Nabil box
Kumari

रुसले युद्धअपराध गरेको र बुचामा कुनै भूताहा फिल्मको जस्तो दृश्य छोडेर गएको आरोप युक्रेनी अधिकारीहरूले लगाएका छन् । 

Vianet communication
Laxmi Bank

बुचामा यसरी लाशहरू देखिएपछि युरोपेली नेताहरूले ज्यादतीको भर्त्सना गर्दै मस्कोविरुद्ध थप कठोर प्रतिबन्ध लगाउन माग गरेका छन् । जर्मनीका रक्षामन्त्रीले रुसबाट ग्यास आयातमा प्रतिबन्ध लगाउन समेत सुझाव दिएका छन् । 

किएभ नजिकका शहरमा ४१० जना नागरिकहरूको लाश फेला परेको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

बुचामा मात्र २१ जनाको लाश विभिन्न ठाउँमा भेटिएको एसोसिएटेड प्रेसका पत्रकारहरूले बताएका छन् । नौवटा लाश भएको ठाउँमा पुग्दा सबैजनाले सर्वसाधारणले लगाउने लुगा लगाएको पाइएको छ । 

त्यस ठाउँलाई रुसी सैनिकहरूले आफ्नो अड्डा बनाएका थिए । 

त्यहाँ मानिसहरूलाई नजिकैबाट गोली हानेर मारेको जस्तो देखिन्छ । दुईजनाको हातलाई पछाडि लगेर बाँधिएको छ । एकजनाको टाउकोमा गोली हानिएको छ भने अर्काको गोडा बाँधिएको छ । 

युक्रेनी अधिकारीहरूले यो हत्याका लागि रुसी सैनिकहरू जिम्मेवार रहेको बताएका छन् । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यसलाई रुसले गराएको नरसंहार भनेका छन् ।

तर रुसको रक्षा मन्त्रालयले झूटो आरोप लगाएर विश्वलाई रुसविरुद्ध उत्तेजित पार्नका लागि चालिएको कदम भनेको छ । 

द न्युयोर्क टाइम्सले पनि बुचामा भएको नरसंहार रुसी सैनिकले नै गरेको भनी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने बताएको छ । 

रुसले किएभ र चर्निहिभबाट सेना हटाएर युक्रेनको पूर्वी भागमा आक्रमण बढाउने निर्णय लिएलगत्तै बुचामा लाशहरू फेला परेका हुन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेलगत्तै रुसी सैनिकहरू बुचा पुगेका थिए र मार्च ३० सम्म त्यहीँ थिए । 

नाम खुलाउन नचाहने एक स्थानीयले रुसी सैनिकहरू बुचाको प्रत्येक भवनमा गएको अनि बेसमेन्टमा लुकेर बसेका सैनिकहरूलाई बाहिर निकालेको बताए । रुसी सैनिकहरूले स्थानीयको फोन चेक गरेर रुसविरोधी गतिविधि गरे नगरेको हेरेका थिए । अनि उनीहरूलाई अन्यत्र लग्ने वा गोली हान्ने काम पनि उनीहरूले गरेका थिए । 

अर्की निवासी हान्ना हेरेगाले बताएअनुसार, न्यानोका लागि काठ खोज्न गएका एक छिमेकीलाई रुसी सैनिकहरूले गोली हानेका थिए । 

युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी आरेस्तोभीचले बुचाका सडकमा छरिएका लाश कुनै भूताहा फिल्मको दृश्य जस्तो देखिएको बताए । केही महिलालाई बलात्कार गरेर मारिएको अनि रुसीहरूले उनीहरूको लाश जलाएको दाबी पनि उनले गरे । 

घटना सार्वजनिक भएपछि भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले नागरिकको हत्या गर्ने वा यातना दिने रुसी सैनिकहरू यसका लागि जवाफदेही रहने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x