×

NMB BANK
NIC ASIA

नेतृत्व

लुम्बिनीकी एक्ली पालिका अध्यक्षको अनुभव : ‘विकट गाउँलाई सबै क्षेत्रमा सुगम बनाएँ’

चैत २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १ जना महिला मात्र पालिकाको नेतृत्वमा पुगिन् । भौगोलिक रूपमा प्रदेशकै विकट रूकुम पूर्वको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले पालिका हाँकेको पनि ५ वर्ष पुग्दैछ ।

Muktinath Bank

बरालले आउँदो वैशाखमा कार्यकाल पूरा गरेर बिदा हुन लाग्दा आफ्नो नेतृत्वमा पालिकामा कति काम भएर भनेर अहिले समीक्षा गरिरहेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तराईका ६ र पहाडका ६ जिल्ला सम्मिलित लुम्बिनी प्रदेशका ९ वटा पालिकामा दलहरूले महिला उम्मेदवार अगाडि सारे पनि जीत भने बरालले मात्र निकालेकी थिइन् । पुरूष प्रतिस्पर्धीलाई हराएर प्रदेशकै एक्ली पालिका अध्यक्ष बरालले स्थानीय तहको पहिलो निर्वाचित अध्यक्ष भएर काम गर्दा ५ वर्षको दौरानमा तीतामिठा अनुभव संगालेकी छन् ।


Advertisment
Nabil box
Kumari

त्यो बेला रूकुममा कांग्रेस र एमालेको चुनावी तालमेल थियो भने माओवादी केन्द्र एक्लै होमिएको थियो । बरालले ३ हजार २९६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दलाल शर्माले २ हजार ४७१ मत मात्र ल्याएका थिए । उपाध्यक्षमा पनि माओवादीका गोबद्र्धन बुढा ३ हजार ३२३ मत ल्याएर विजयी भएका थिए ।

Vianet communication
Laxmi Bank

संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये १ जनामा महिला हुनैपर्ने व्यवस्था गरेको छ । तथापि राजनीतिक दलहरूले प्रमुखमा पुरूषलाई नै प्राथमिकता दिए । त्यसैले टिकट पाउनु नै कुमारीका लागि पहिलो विजय थियो ।

अखिल पाँचौंबाट विक्रम संवत् २०५१ सालबाट राजनीति शुरू गरी तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको बेला माओवादीको छापामार भएर काम गरिन् । आन्दोलन र द्वन्द्वबाट निखारिएर आएको हुँदा कुमारीले जनताका सबै समस्या पहिचान र समाधानका लागि पुरुषको तुलनामा आफूले धेरै काम गरेको दाबी गरिन् । 
 
पहिलो कार्यकालमा नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वका रूपमा स्थापित गरेकी छन् । उनले ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम, छोरीका लागि बचत कार्यक्रम, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा अगाडि सारेर सफलता प्रदान गरिन् ।

गाउँपालिकामा हरेक वर्ष १५० छोरी जन्मिने गरेको तथ्यांक छ । ती छोरीहरूका लागि गाउँपालिकाले बैंकमा खाता खोलेर ५ हजार जम्मा गरिदिन्छ । जम्मा भएको पैसामध्ये परिवारले पनि थप गरिदिनुपर्ने व्यवस्था छ । खातामा जम्मा भएको पैसा २० वर्षसम्म निकाल्न पाइँदैन । ‘कार्यक्रमले बालविवाह न्युनिकरण, महिलालाई आत्मनिर्भर र छोरीप्रति गरिने व्यवहारमा ठूलो परिवर्तन ल्याउने देखियो,’ कुमारी भन्छिन्, ‘यसले शिक्षामा पहुँच बढ्ने र भ्रूण हत्यालाई न्यूनीकरण गर्नेछ ।’

विज्ञान संकाय नहुँदा विद्यार्थी टाढा जानुपर्ने अवस्थालाई गाउँपालिकाले गत वर्षदेखि रोेकेको छ । गाउँपालिकाका ३ वटा स्कूलमा विज्ञान संकायको पढाइ सञ्चालन गरी विद्यार्थी शुल्क गाउँपालिकाले तिरिदिन्छ, प्राविधिक विषय पनि भित्र्याएको छ ।

‘कृषि जेटीए, सवइन्जिनीयर र विज्ञान संकाय मेरै पहलमा सञ्चालन गरियो । विद्यालयमा भौतिक पूर्वाधार बलियो बनाइयो,’ उनले भनिन्, ‘गाउँमा २ वटा मात्र स्वास्थ्य चौकी थिए । अहिले जिल्ला अस्पताल, ५ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य चौकी पालिकामा बनेका छन् ।’

गाउँपालिकालाई शून्य होम डेलिभरी गराइएको छ । हिंसापीडित महिलाका लागि अल्पकालीन आवास गृह बनेको छ । कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सञ्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत् उत्पादन र गाउँका सबै वडामा सञ्चार सेवा पुगेको जनाइएको छ । 

‘सञ्चारबाट समेट टाढा थियो हाम्रो गाउँ, फोनले काम गर्दैन्थ्यो । जनता समाचार सुन्नबाट समेत टाढा थिए, त्यो अवस्था तपाईंले कल्पना गर्नुहोस् । अहिले रेडियो पनि सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘टेलिफोन, रेडियो, सडक र घरघरमा पानी पुग्दा त हाम्रो यो पहाडका लागि ठूलो कुरा होइन र हजुर ?’

जनयुद्धको केन्द्र सिस्नेमा युद्ध संग्रालय पनि बनाइँदैछ । गाउँको ख्यातीडाँडामा जनयुद्धको झल्को दिने संग्रहालय बनाइँदैछ । जहाँ २०५७ सालमा प्रहरी र माओवादी छापामारबीच भिडन्त हुँदा ३२ प्रहरी र ८ जना माओवादीको मृत्यु भएको थियो ।

लुम्बिनीकै उच्च शिखर सिस्ने हिमाल पर्यटकीय गन्तव्यको प्रचारप्रसार गाउँपालिकाले गरिरहेको छ । शहीद परिवारको सम्मानका लागि शहीद सहकारी खोलेर त्यसमा गाउँपालिकाले २९ लाख रुपैयाँ जम्मा गरिदिएको छ । जसको ब्याजबाट गाउँपालिकाका ५६ परिवारले आयआर्जनका लागि रकम प्रयोग गर्न सक्नेछन्, घरघरमा पानीका धारा पुगेका छन् ।

हिंसामा परेका महिलाका लागि ५ नम्बर वडामा सेफ हाउस (सुरक्षित आवास गृह) निर्माण गरिएको छ । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाई लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सञ्चालन गर्‍यौं,’ उनी भन्छिन्, ‘पुरूषसँगको प्रतिस्पर्धामा उत्रिएर आफू अध्यक्ष भएसँगै गाउँको समग्र विकासका लागि इमान्दारितापूर्वक काम गर्दै आएकी छु ।’ महिलाहरूलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरूष नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्नसक्ने उनको कामको अनुभवले सिकाएको छ । 

‘५ वर्षको अन्तरालमा चुनावको बेला गरेका सबै वाचा पूरा गरें । सबै हिसाबले गाउँ व्यवस्थित बन्यो,’ उनले भनिन् । पितृसत्तात्मक सोचाइ रहेको हाम्रो समाजलाई महिला नेतृत्वले गर्छन् भनेर चिर्न सके जस्तो उनलाई लागेको छ । 

महिला भएकै कारण कुनै पनि काम अधुरो रह्यो भन्ने उनलाई अहिलेसम्म परेको छैन । आउँदो निर्वाचनमा पार्टीले फेरि नेतृत्वमा अगाडि सारे उनी दोहोरिने मनस्थितिमा छिन् । सिस्ने गाउँपालिकामा पछिल्लो जनगणना अनुसार १८ हजार मात्र जनसंख्या छ ।

उनका पति बाशुदेव गौतम पनि राजनीतिसँगै उद्यम गर्छन् । कुमारीको जोडीसहित परिवारका ४ जना मुलुक परिवर्तनका लागि भन्दै जनयुद्धमा होमिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x