कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चैत ३०, २०७८
अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार ठूल्ठूला ढिस्कोबाट उड्छन् (दुई स्टेपसम्म), भित्तामा उफ्रिन्छन् अनि भीरपाखाबाट हाम्फाल्छन् । अद्भुत क्षमता छ उनमा ।
बाल्यकालमा यसरी उफ्रिँदा साथीहरूले हनुमान उपनाम दिएका थिए रे । चरा जसरी उड्ने, चितुवाको गतिमा दौडने र खतरासँग खेल्ने बचपनदेखिको 'आदत'ले नै उनी ५ पटकसम्म गिनिज बूकमा नाम लेखाउन सफल भएका छन् ।
'बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बूकमा नाम लेखाउँला भन्ने त कुनै कल्पना नै थिएन,' दिनेशले सम्झिए । यहाँसम्म कि त्यतिबेला त उनलाई यो खेल हो भन्ने समेत थाहा थिएन ।
हाल अमेरिकामा रहेका उनी छैटौंपटक गिनिज बूकमा नाम लेखाउने तयारीमा छन् ।
बाल्यकालको त्यो क्षण
दिनेशको जन्म खोटाङमा भएको थियो । गाउँमा गरीबीले सताएपछि उनको परिवार काठमाडौं आयो । उनी पनि बुवाआमाको पछि लागेर बाल्यकाल (८ वर्षको उमेर) मै राजधानी आइपुगे ।
उनीहरू ललितपुरको इमाडोलमा डेरा गरी बस्न थाले । इमाडोल क्षेत्र अहिलेजस्तो घरैघरले ढाकिसकेको थिएन । अहिलेका धेरैजसो घरहरू निर्माण हुनै बाँकी थिए ।
उनी आसपासका घर बनाउनका लागि राखिएको बालुवाको थुप्रोमा पुगेर खेल्न थाले । बालुवाको थुप्रो देख्नै नहुने, डबल जिम्न्यास्टिक हानिहाल्थे । तर उनलाई यो पनि कुनै खेल हो भन्ने थाहा थिएन ।
एकदिन उनी डेरानजिकै बालुवाको ठूलो थुप्रोबाट जम्प हानिरहेका थिए, साहुले देखेछन् ।
आफ्नो बालुवा खेर गएको झोंकमा रिसाएका ती व्यक्तिले छातीमा लात्तीले हानेछन् ।
'मलाई लात्तीले मात्र हानेनन्, बुवाआमासँग झगडा पनि गरे । त्यही प्रकरणले हामी इमाडोलबाट डेरा सर्नुपर्ने परिस्थिति आयो,' दिनेशले बाल्यकालको नमीठो क्षण सम्झिए ।
राजधानीमा पनि जीविकोपार्जन गर्न गाह्रो भइरहेको थियो ।
यहाँ खासै कमाइ नभएपछि बुवा विदेश हानिए, दिनेश र परिवारका अन्य सदस्य गाउँ फर्किए ।
खेल जीवनमा प्रवेश
गाउँ फर्किएपछि दिनेश स्कूलको एक कार्यक्रममा आफ्नो कौशल प्रस्तुत गर्दै थिए । सो कार्यक्रममा सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत पनि पुगेका रहेछन् ।
दिनेशको कौशल सशस्त्रका महानिरीक्षक बस्नेतको नजरमा पर्यो । उनले सशस्त्र प्रहरीमा आवद्ध भएर खेलजीवन आरम्भ गर्न अफर गरे ।
'त्यतिबेला मैले बल्ल थाहा पाएँ कि यो पनि कुनै खेल हो, यसमा पनि भविष्य छ भन्ने कुरा,' लोकान्तरसँगको कुराकानीमा दिनेशले भने ।
२०६९ सालमा दिनेश सशस्त्र प्रहरीमा भर्ना भए । बल्ल शुरू भयो उनको औपचारिक खेलजीवन ।
दिनेशको दैनिकी रंगशाला र कभर्ड हलहरूमा बित्न थाल्यो । उनले कभर्ड हलका भित्ताहरूमा जिम्न्यास्टिक हान्न थाले, त्यो पनि गुरुले सिकाएबमोजिम अनि नियममा बाँधिएर ।
सशस्त्रमा भर्ना भएको २ वर्षमा नै उनले प्रथम लुम्बिनी च्याम्पियनशिपमा स्वर्णपदक जित्न सफल भए । मेडल जिते, जागिर पनि थियो तर जीवनमा आर्थिक संकट भने टरेको थिएन ।
अभ्यासका क्रममा एकदिन उनको खुट्टा फ्याक्चर भयो । उनी ३ महिनाका लागि बेड रेस्टमा पुगे ।
'तीन महिनासम्म बेड रेस्टमा थन्किनु पर्दा निकै आत्तिएँ । मनमा धेरै कुरा खेले,' दिनेशले सम्झिए ।
त्यसपछि उनलाई गिनिज बूकमा नाम लेखाउन मन लाग्यो । आफ्नो ध्यान त्यतैतिर केन्द्रित गरे ।
सशस्त्रमा उनीभन्दा माथिल्लो तहका अधिकृतहरूले पहिलेदेखि नै गिनिज बूकमा नाम लेखाउन सुझाव दिएका रहेछन् ।
सन् २०१७ मा पहिलोपटक उनले ‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलबाट गिनिज बूकमा नाम लेखाउन सफल भए ।
पहिलोपटक नाम लेखाएपछि हौसला थपियो । उनी विभिन्न रेकर्ड तोड्दै नाममाथि नाम लेखाउन थाले ।
‘अझ पनि थप्ने मन छ’, गिनिज बूकमा ५ पटक नाम लेखाइसकेका दिनेश भन्छन् ।
दिनेशले ५ औं पटकको रेकर्डचाहिँ अमेरिका पुगेर कायम गरेका हुन् ।
उनले ‘मस्ट ब्याकवार्ड समरसल्ट इन अ ट्रयाम्पोलाइन’ विधामा नाम लेखाएका छन् ।
यसपटक उनलाई अमेरिकी सिनेटर सी. लिऊले न्युयोर्कको एक कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गरे ।
उनी वर्ल्ड फर्निङ पार्कर फेडेरेशन (डब्लुएफपीएफ)सँग पनि आवद्ध छन्।
अब महिना दिनभित्रै क्यानेडियन नागरिकको नाममा रहेको रेकर्ड तोडेर छैटौंपटक नाम लेखाउने उनको लक्ष्य छ ।
दिनेशको मूल विधा खेल हो र त्यसमा पनि ‘पार्कर’ उनको कौशलता हो।
विश्वभर चर्चित रहेको पार्कर खेल जिम्न्यास्टिकको परिस्कृत रूप हो । दिनेशले यसैलाई दैनिकी बनाएका छन् अनि कीर्तिमानमाथि कीर्तिमान कायम गरिरहेका छन् ।
हेर्नुहोस्, भिडियो :
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...