माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
युक्रेनमा रणनीतिक महत्त्व बोकेको तटीय शहर मरिउपोल लगभग रुसको नियन्त्रणमा आएको छ ।
शहरको प्रतिरक्षा गरिरहेका छत्तीसौं मरिन ब्रिगेडका एक हजारभन्दा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरिसकेका छन् । युक्रेनी सेनामा रहेका उग्रराष्ट्रवादी नवनाजीहरूको समूह आजोभ बटालियनका लगभग तीन हजार योद्धाहरू आजोभस्टालमा लुकेर बसेका छन् । तिनीहरूसँगै नेटो मुलुकका सयौं विदेशी सैनिकहरू पनि छन् ।
आजोभस्टाल अर्थात् स्टील कारखाना र औद्योगिक क्षेत्रका भूमिगत संरचनामा नवनाजीहरूले अनेकौं मानिसलाई बन्धक बनाएर राखेकाले रुसी सैनिकहरूले सतर्कतापूर्वक कारवाही चलाउनुपरेको छ । सकेसम्म कम सर्वसाधारण मारिऊन् भनी रुसी सैनिकहरूले व्यापक क्षति बेहोरेर भए पनि सुस्त गतिमा कारवाही गरिरहेका छन् ।
अहिले रुसी सैनिकहरू मरिउपोलको घरघरमा गएर ‘क्लीनिङ अपरेसन’ गरिरहेका छन् । सर्वसाधारणको जस्तो भेष बनाएर नवनाजीहरू लुक्ने गरेकाले उनीहरूलाई घरघरमा गएर खोजी गर्नुपरेको हो । त्यसबाहेक भूमिगत संरचनामा लुकेर बसेका नवनाजीहरूलाई बाहिर निकालेर मार्न वा आत्मसमर्पण गराउन पनि रुसीहरूले कारवाही चलाएका छन् ।
नर्भ ग्यास उपयोग गरेर आजोभका योद्धाहरूलाई भूमिगत संरचनाबाट बाहिर निकाल्ने योजना बनेको पनि कतिपयले बताएका छन् ।
रुसले यसरी ग्यास उपयोग गरेर सुरक्षा कारवाही पहिले पनि चलाइसकेको छ । सन् २००२ मा रुसको राजधानी मस्कोमा रहेको दुभ्रोव्का थिएटरमा चेचेन विद्रोहीहरूले दर्शकहरूलाई बन्दी बनाएर राखेका थिए । रुसी सुरक्षाकर्मीहरूले अज्ञात रासायनिक पदार्थलाई भवनको भेन्टिलेसन सिस्टमबाट पठाएर बेहोश बनाई उद्धारकार्य गरेका थिए । तर त्यसक्रममा ४० लडाकूसँगै १३० जना बन्दी पनि मारिएका थिए ।
मरिउपोलमा मानवढाल बनाइएका सर्वसाधारण नमारिऊन् भनी रुसी सेनाले अतिरिक्त सतर्कता अपनाउने बताइएको छ ।
मरिउपोल नियन्त्रणमा लिएपछि अब रुसलाई डोनबास क्षेत्रमा आक्रमण बढाउनका लागि सजिलो हुने भएको छ । अहिले मरिउपोलमा खटिएकामध्ये आधा जति सैनिकलाई अब उत्तरतर्फ डोनबासमा पठाएर त्यहाँ रहेका सैनिकलाई थप बलियो बनाउने (रिइन्फोर्स) रुसको योजना देखिन्छ ।
त्यसो त मरिउपोलमाथिको विजय मात्रले पनि रुसलाई ठूलै रणनीतिक लाभ प्राप्त हुनेछ । रुसले सन् २०१४ मा हात पारेको क्राइमिया प्रायद्वीपलाई युक्रेनको डोनबास क्षेत्रसँग स्थलमार्गमार्फत जोड्ने कडी मरिउपोल नै हो । अब रुसले क्राइमियामा पहुँच पाउन जलमार्ग मात्र नभई स्थलमार्ग समेत प्राप्त गरेको छ ।
सन् २०१४ मै रुसले केही समयका लागि मरिउपोल नियन्त्रणमा लिएको थियो तर युक्रेनीहरूले प्रतिकार गरेपछि शहरलाई छोडिदिएको थियो ।
मरिउपोल युक्रेनको डोनेत्स्क क्षेत्र (ओब्लास्ट) मा पर्छ । रुसले मान्यता दिएको स्वतन्त्र राष्ट्र डोनेत्स्क जनगणतन्त्रकै एक भूभागका रूपमा रुसले मरिउपोललाई लिने गरेको छ ।
माथि उल्लेख गरिएको कुख्यात आजोभ बटालियनको मुख्य केन्द्र मरिउपोल नै हो । मरिउपोल नियन्त्रणमा लिएर आजोभ बटालियनलाई आत्मसमर्पण गराएमा रुसले आफ्नो विशेष सैन्य कारवाही सफल भएको भन्न पाउँछ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नाजीविहीनीकरण गर्नका लागि सैन्य कारवाही चलाएको भन्दै आएका छन् । फासिवादी तथा नवनाजी समूह आजोभ बटालियनले वर्षौंदेखि पूर्वी युक्रेनमा रुसीभाषीहरूमाथि चरम दमन गरिरहेकाले त्यसका विरुद्ध कारवाही चलाउन आफू बाध्य बनेको पुटिनको भनाइ छ ।
कब्जामा आएका आजोभ योद्धाहरूलाई रुसी टेलिभिजनहरूमा दयनीय अवस्थामा देखाएमा रुसका लागि सूचनायुद्धमा ठूलो विजय मिल्नेछ । रुसी जनतालाई युक्रेनमाथि सैन्य कारवाही चलाउनुको औचित्य साबित गर्न रुसलाई यसले राम्रो मसला दिनेछ ।
त्यसपछि आजोभ योद्धाहरूका विरुद्ध रुसले दोस्रो विश्वयुद्धपछिको नुरेम्बर्ग ट्रायल जस्तै न्यायाधिकरण गठन गरेर मृत्युदण्डको सजाय दिन सक्ने सम्भावना पनि छ ।
नियमित युक्रेनी सैनिकलाई युद्धबन्दीको व्यवहार गर्दै रुसले खानेकुरा तथा औषधि उपलब्ध गराएको छ । तर आजोभ बटालियनका नवनाजीहरूले यस्तो सुविधा नपाउन सक्छन् ।
आजोभलाई यसरी कब्जा गरेर मरिउपोल पनि नियन्त्रणमा लिँदा रुसी सैनिकहरूलाई निकै ठूलो मनोवैज्ञानिक लाभ प्राप्त भएको छ । यसबाट उत्साहित भएर उनीहरू डोनबास क्षेत्रमा सैन्य कारवाही बढाउन उत्साहित हुनेछन् ।
हुन त मरिउपोल ऐतिहासिक महत्त्वको शहर भएकाले पनि पुटिनले त्यसको नियन्त्रणलाई बढी जोड दिएका हुन् । अठारौं शताब्दीमा मरिउपोल नोभोरोसिया अर्थात् नयाँ रुसको एक हिस्सा थियो । दक्षिणपूर्वी युक्रेनमा ठूलो संख्यामा रहेका रुसीभाषीहरू बस्ने क्षेत्रलाई रुसले नोभोरोसिया भन्ने गरेको छ ।
पुटिनले रुसमा जारहरूको शासन चलेको बेलामा मरिउपोल, ओडेसा, खार्किभ, खेर्सन, डोनेत्स्क र लुहान्स्क लगायतका शहर रुसी भूभागमै पर्ने गरेको बताएका छन् । त्यसलाई पुनः रुसको नियन्त्रणमा ल्याउनु पुटिनको लक्ष्य हो ।
मरिउपोल आजोभ सागरकै सबभन्दा ठूलो बन्दरगाह हो । अनि मरिउपोल रुसको नियन्त्रणमा पुगेसँगै आजोभ सागरमा पूर्णतया रुसको कब्जा हुने भएको छ । यसबाट युक्रेन अर्धभूपरिवेष्ठित राज्य बन्नेछ किनकि रुसले युक्रेनको जलक्षेत्रीय व्यापारलाई पूरै बन्द गराउने क्षमता हासिल गरेको छ ।
यस शहरको आर्थिक महत्त्व पनि उच्च छ किनकि यहाँ विशाल फलाम र स्टील उद्योगहरू छन् । यस औद्योगिक क्षेत्रमा भारी यन्त्रहरू निर्माण गरिन्छन् तथा जहाजको मर्मतसम्भार पनि हुने गरेको छ । युक्रेनको सबभन्दा ठूलो स्टील कम्पनी मेटइन्भेस्टको केन्द्रीय कार्यालय पनि मरिउपोलमै छ ।
मरिउपोल रुसको नियन्त्रणमा पुगेपछि युक्रेनको अर्थतन्त्रमा निकै ठूलो झड्का लागेको छ । युक्रेनको निर्यातमुखी अर्थतन्त्रमा बन्दरगाहहरूको उच्च महत्त्व छ त्यसैले मरिउपोल युक्रेनको हातबाट फुत्किनु उसका लागि धेरै ठूलो क्षति हो । मरिउपोल हात परेसँगै रुसले युक्रेनको घाँटी अँठ्याउन सक्नेछ किनकि आफ्ना सामान निर्यात गर्नका लागि युक्रेनले रुसको सदिच्छामा निर्भर रहनुपर्ने हुन्छ ।
मरिउपोल रुसको नियन्त्रणमा पुगेसँगै युक्रेनमा रुसले चलाएको सैन्य कारवाहीको पहिलो चरण सफल भएको देखिन्छ । अब रुसले डोनबास क्षेत्रमा पूर्ण ध्यान दिने विश्लेषण गरिएको छ । युक्रेनका एक लाखभन्दा बढी सैनिकहरू डोनबासमा छन् र उल्लेख्य संख्यामा विदेशी सैनिकहरू पनि त्यहाँ छन् ।
दोस्रो चरणको युद्धमा रुसले डोनबास नियन्त्रणमा लिने र नोभोरोसियालाई युक्रेनको नियन्त्रणबाट पूर्ण मुक्त गराउने लक्ष्य राखेको देखिन्छ । तर यसका लागि गरिने सैन्य कारवाही सहज हुने छैन र उल्लेख्य मात्रामा धनजनको क्षति हुने निश्चित छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...