
पछिल्ला दिनहरूमा मधुमेहबाट धेरै मानिस ग्रसित भइरहेका छन् ।
अव्यवस्थित खानपान, शारीरिक कसरतको अभावजस्ता कारणले मधुमेह हुन सघाउँछ ।
मधुमेह लागिसकेपछि चिनीजन्य वा चिनी पाइने खानेकुरा नखान चिकित्सकले सुझाव दिने गर्छन् ।
मधुमेहका बिरामीले के खाने ? यहाँ हामीले केही जानकारी दिएका छौं।
१. पपकर्न
पपकर्नलाई निकै स्वस्थकर स्यान्क्सको रुपमा लिइन्छ । यसको सेवनले ब्लड शुगर लेभल बढ्दैन । यसमा फाइबर हुन्छ, जसका कारण पाचन प्रणालीमा समेत सहजता ल्याउँन सहयोग गर्छ ।
२. कम फ्याट भएको दही
कम फ्याट भएको दहीको सेवनले शरीरलाई ताजा एवम् स्वस्थ बनाउन सहयोग मिल्छ । फ्याट कम भएको दहीले शरीरमा ब्लड शुगर लेभल पनि बढ्दैन ।
३. नट्स
नट्स अथवा काजु, बदाम जस्ता खानेकुरा खाँदा शरीरमा ब्लड शुगर लेभल बढ्दैन । मधुमेहका बिरामीले काजू, बदाम जस्ता खानेकुरा खानु आवश्यक हुन्छ । यसले शरीरमा ब्लड शुगर बढ्न दिँदैन ।
४. अण्डा
अण्डाको सेबनले पनि शरीरमा ब्लड शुगर लेभल धेरै बढ्दैन । बिहान भोक मेटाउनका लागि उसिनेको अण्डा खान सकिन्छ । यसले शरीरलाई अन्य फाइदा समेत दिन्छ ।