×

NMB BANK
NIC ASIA

आसन्न स्थानीय चुनावमा सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरमा कसले टिकट पाउँला भन्ने आमचासो छ । केन्द्रमा भएको गठबन्धनअनुसारै निर्वाचनमा होमिने निर्णय भए पनि स्थानीय स्तरमा निकै सकस देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा सत्ता गठबन्धनमै आबद्ध प्रमुख २ दलहरू नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले प्रमुख पदमा दाबी गर्दा नेपाली काग्रेस गठबन्धन टोक्नु न बोक्नुको स्थितिमा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुर जिल्लाको दोस्रो पार्टीको रूपमा थियो तर गठबन्धन दलले आ–आफ्नो दाबी गरिरहँदा प्रदेशकै एक मात्र उपमहानगर गुमाउने भय देखिएको छ । कांग्रेस मकवानपुरका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै धाउन थालेका छन् ।  


Advertisment
Nabil box
Kumari

बालुवाटार पुगे कांगेसका २ आकांक्षी

Vianet communication
Laxmi Bank

हेटौंडाको मेयरका लागी नेपाली कांग्रेस मकवानपुरका २ आकांक्षीहरू आनन्दराम पराजुली र प्रभात दाहाल बालुवाटार पुगेका छन् । स्थानीय निर्वाचन र सत्ता गठबन्धनभित्रको दाबीबीच २ नेताले प्रधानमन्त्री एवं कांगे्रस सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ । 

पराजुलीले प्रधानमन्त्री देउवालाई भेटेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए भने भने प्रभात दाहालले केही दिनअघि मात्र भेटेका थिए । दुवै संस्थानपन पक्षधर रहे तापनि पराजुलीलाई बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले साथ दिन छाडेको चर्चा मकवानपुरे राजनीतिक वृत्तमा छ । दाहाल संस्थापन पक्षमा खुलेपछि मेयरको टिकट कसले ल्याउलान् चासो छ ।

पराजुली अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा ६१५ मतान्तरले एमाले उम्मेदवारसँग पराजित भएका थिए । केन्द्रमा प्रकाशमान सिंहनिकट मानिने प्रभात दाहाल लामो समय नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री समेत रहँदै राजनीति गरेका नेता हुन् । केन्द्रमा प्रकाशमान सिंहले १४औं महाधिवेशनमा रामचन्द्र पौडेलको पक्षधरता छाड्दै शेरबहादुर देउवा पक्षतिर लागेसँगै दाहाल पनि जिल्लामा संस्थापन पक्षतिर लागेर जिल्ला सभापति बुद्ध लामालाई जिताउन खुलेका थिए । उपनगरको मेयरको टिकट कसलाई दिने भन्ने जिल्ला, प्रदेश हुँदै केन्द्रले तय गर्नेछ । कांग्रेस मकवानपुरले हालसम्म पनि आफ्नो उम्मेदवारको टुंगो लगाउन नसक्दा अन्य दलहरूले आफ्ना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।
 
उपमहानगरसहित सबै वडामा एकीकृत समाजवादीको दाबी 

सत्ता गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको मेयर/उपमेयरसहित १९ वटै वडामा आफ्नो उम्मेदवार खडा गर्न नाम सिफारिस गरेको छ । समाजवादीले मेयरमा पार्टीका जिल्ला अध्यक्ष रहेका श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिवार बसेको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस गरिसकेको छ । 

उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुंगाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ । हेटौंडा उपमहानगरका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवारको नाम पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गरेको छ । 
 
मेयरमा माओवादीको दाबी यथावत

नेकपा माओवादी केन्द्रले पनि उपमहानगरको नेतृत्व आफूहरूले पाउनुपर्ने अडान लिएको छ । हालसम्म हेटौंडा उपमहानगरपालिकाको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरेको छैन ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले नगरको मेयर कांग्रेसलाई समर्थन गरेर उपमेयरमा बलराम बललाई उम्मेदवार बनाएको थियो तर गठबन्धनमा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी आनन्दराम पराजुली र उपमेयरका प्रत्यासी बल दुवै जना एमालेसँग पराजित भएका थिए । पराजितमध्ये बलराम बल हाल एमाले राजनीतिमा सक्रिय भूमिकामा छन् ।

निर्वाचनमा हेटौंडा उपमहानगरका १९ वडामध्ये एमालेले १२ वडा जितेको थियो भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जितेको थियो ।

विरासत जोगाउने एमालेको दाउ

नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपलिकाको मेयर र उपमेयरको नेतृत्वका लागि आफ्ना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । एमालेले उपमहानगरपालिकाको मेयर पदका लागि हालका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गरेको छ । 

उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।  

२०७४ सालको स्थानीय चुनावलाई हेर्दा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लालकिल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीनाकुमारी लामाले उपमेयरमा जितेका थिए । त्यसैले पनि नेकपा एमाले आफ्नो विरासत जोगाउने दाउमा छ भने चुनावी घरदैलो अभियानमा नेताहरू केन्द्रित छन् ।    

उपमहानगरपालिको मेयरमा १ जनाको स्वतन्त्र उम्मेदवारी

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपलिकाको मेयरका लागि बबिता आचार्यले उम्मेदवारी दिने भएकी छन् । हेटौंडा उममहानगरपलिका–१९ निवासी ३२ वर्षीया आर्चायले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘मेरो उम्मेदवारी कुनै पनि राजनीतिक दलबाट नभएर स्वतन्त्रबाट हो । नेपाली समाजमा देखापरेको भष्टाचार, बेथिति विसंगतिविरुद्ध मेरो उम्मेदवारी हुनेछ ।’

समग्र युवाको प्रतिनिधित्व गर्दै बेरोजगारी समस्या लगायत समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ मेयरमा उम्मेदवारी दिन लागेको उनले बताइन् । चुनावमा विजयी भए नगरलाई नमूना नगरको रूपमा विकास गर्ने उनले दाबी गरिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x