×

Dabur
Nic Asia
Marvel

युद्ध दोस्रो चरणमा प्रवेश

युक्रेनविरुद्ध निर्णायक आक्रमणमा होमियो रुस, डोनबासमा किन छ पुटिनको नजर ?

काठमाडाैं | बैशाख ६, २०७९

TVS INSIDE

रणनीतिक रूपमा महत्त्वपूर्ण मरिउपोल शहरमा नियन्त्रण कायम गरेपछि रुसले पूरै डोनबास क्षेत्रमा आक्रमण बढाएको छ । किएभ र चर्निहिभबाट फिर्ता बोलाइएका रुसी सैनिकहरू डोनबास क्षेत्रमा तैनाथ भएर आक्रमणमा खटाइएका छन् । 

morang Auto yamaha

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लामो तयारीपछि रुसीहरूले डोनबास क्षेत्रमा आक्रमण शुरू गरेको सोमवार बताएका हुन् । रुसले जतिसुकै सैनिकहरू ल्याए पनि आफूहरू लड्न तयार रहेको र डोनबासलाई जसरी भए पनि प्रतिरक्षा गर्ने जेलेन्स्कीको भनाइ छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

डोनबासमा सैन्य कारवाही शुरू गरेसँगै यो युद्ध दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो चरणमा रुसले एकैपटक पूर्व, दक्षिण र उत्तरबाट मोर्चा खोलेको थियो भने यसपटक ऊ डोनबासमा केन्द्रित हुने देखिन्छ तर दक्षिणी युक्रेनमा गरिरहेको कारवाहीलाई उसले निरन्तरता दिनेछ । 

डोनबासको लुहान्स्कमा रहेको क्रेमेन्नायामा रुसी सैनिकहरू प्रवेश गरेर युक्रेनीहरूसँग लडिरहेको लुहान्स्कका गभर्नर सर्गे गाइदाइले बताएका छन् । लुहान्सककै पोपास्नाया र रुबेझ्नीमा भीषण लडाइँ चलिरहेको छ । 

Vianet communication
Maruti inside

त्यस्तै डोनत्स्कको मारिन्का, नोभोबाखमुतोव्का र ट्रोइट्स्की क्षेत्रमा पनि भयानक द्वन्द्व भइरहेको बताइएको छ । डोनबास क्षेत्रको दक्षिणमा रहेको पोक्रोव्स्कोये, स्टारोमायोर्सकोये, माकारोव्का लगायतका गाउँमा पनि रुसी र युक्रेनीहरूबीच लडाइँ भइरहेको खबर छ ।

रुसले डोनबास नियन्त्रणमा लिनका लागि किन जोड दिइरहेको हो ? 

विगत आठ वर्षदेखि डोनबास क्षेत्रमा रहेका रुसीभाषीहरूमाथि युक्रेनी सेनाले गरेको ज्यादतीलाई सधैंका लागि अन्त्य गर्न डोनबासमा कारवाही चलाइएको रुसीहरू बताउँछन् । 

डोनबासमा रहेका दुईवटा क्षेत्र डोनेत्स्क र लुहान्स्कले सन् २०१४ देखि युक्रेनबाट छुट्टिनका लागि लडाइँ गरिरहेका छन् । उनीहरूलाई रुसले सहयोग गर्दै आएको छ । 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको अनुमान अनुसार, रुसका ७६ वटा कब्म्याट युनिटहरू डोनबास तथा युक्रेनको दक्षिणी क्षेत्रमा खटिएका छन् । पेन्टागनका प्रवक्ता जोन कर्बीले हालैका दिनमा रुसले आर्टिलरी र स्थल सैनिकको संख्या थपेको बताएका छन् । 

युक्रेनमाथि सैन्य कारवाही चलाउनुभन्दा ठीकअघि रुसले ती दुई क्षेत्रलाई स्वतन्त्र जनगणतन्त्रको मान्यता दिएको थियो । अहिले यी क्षेत्रले ओगटेको भूमि मात्र नभई सम्पूर्ण डोनबास क्षेत्रमा नियन्त्रण कायम गर्ने रुसको ध्येय देखिन्छ । त्यसले आफूलाई ‘स्ट्राटेजिक डेप्थ’ उपलब्ध गराउने रुसको आकलन देखिन्छ । 

यस्तो महत्त्वपूर्ण क्षेत्रमा रुसीभाषीहरूको बाहुल्य छ । सन् २०१४ मा रुससँग सुमधुर सम्बन्ध राख्न पैरवी गर्ने युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई सडक आन्दोलनमार्फत हटाइएपछि डोनबासमा पृथक्तावादी विद्रोह शुरू भएको थियो । यानुकोभिच पूर्वी युक्रेन निवासी हुन् । 

पृथक्तावादीहरूका विरुद्ध युक्रेनी सैनिकहरूले चलाएको लडाइँमा परी १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । डोनबासमा युक्रेनले रुसीभाषीहरूको नरसंहार गरिरहेको रुसको दाबी छ तर पश्चिमी मुलुकहरूले नरसंहारको दाबीमा कुनै प्रमाण नरहेको बताएका छन् । 

नरसंहार नै नभए पनि डोनबासमा रुसीभाषीहरूको मानवअधिकार उल्लंघन गरिएको दाबी चाहिँ पश्चिमकै विभिन्न मानवअधिकारवादी संस्थाहरूले गरेका छन् । विशेषगरी युक्रेन सरकारले डोनबासका बहुसंख्यक रुसीभाषीहरूमाथि युक्रेनी भाषा लाद्न खोजेको आरोप छ । 

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले गत जनवरी महिनामा युक्रेन सरकारलाई रुसीभाषीलाई जबर्जस्ती युक्रेनी भाषा प्रयोग गर्न लगाउने काम रोक्न आग्रह गरेको थियो । 

त्यस्तै इन्टरनेसनल क्राइसिस ग्रुपले सन् २०१८ मा तयार पारेको प्रतिवेदनमा डोनबासका रुसीभाषीहरूले आफूलाई युक्रेन सरकारले नागरिकको व्यवहार नगरेको गुनासोको उल्लेख भएको छ । युक्रेनमा मानवअधिकारको पर्यवेक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय मिसनले पनि डोनबास क्षेत्रमा युक्रेनी अधिकारीहरूले स्वेच्छाचारी पक्राउ र लामो समयसम्म सम्पर्कविहीन थुना, अवैध कारावास लगायतका मानवअधिकार उल्लंघनका घटना गरेको प्रतिवेदन दिएको छ ।

त्यसैलाई आधार मानेर रुसले संरक्षणको दायित्व (रेस्पोन्सिबिलिटी टु प्रोटेक्ट) सिद्धान्त अपनाउँदै डोनबासमा हस्तक्षेप गरेको हो । रुसीभाषीहरूलाई समुचित व्यवहार गर्नका लागि बाध्य पार्ने मिन्स्क सम्झौतालाई युक्रेनले बारम्बार उल्लंघन गरेकाले उसविरुद्ध कारवाही चलाउनुपरेको रुसको दाबी छ । 

डोनबासलाई युक्रेनको नियन्त्रणबाट फुत्काएर बेग्लै राज्य बनाउने (नोभोरोसिया) अनि भविष्यमा त्यसलाई क्राइमिया जस्तै गरी रुसी भूमिमा मिसाउने रुसको लक्ष्य रहेको पश्चिमी विश्लेषकहरू बताउँछन् । 

डोनबासको आर्थिक महत्त्वलाई पनि रुसले विचार गरेर त्यसलाई नियन्त्रणमा लिन खोजेको देखिन्छ । डोनबास क्षेत्र प्राकृतिक स्रोत तथा उद्योग कलकारखानामा धनी ठाउँ हो । त्यहाँ रहेको कोइलाखानी युरोपकै चौथो सबभन्दा ठूलो हो । त्यसबाट १० अर्ब टनभन्दा बढी कोइला निकाल्न सकिने अनुमान गरिन्छ । 

डोनेत्स्क क्षेत्र एक्लैले युक्रेनको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत भाग ओगटेको छ । त्यस्तै युक्रेनको कुल निर्यातको एक चौथाइ भाग डोनेत्स्कबाटै उत्पादन हुने गरेको छ । युक्रेनका अन्य भागमा कृषिको दबदबा छ भने डोनबास औद्योगिक उत्पादनको क्षेत्रमा अग्रणी छ । 

जर्मन विश्लेषक जीनेट साइफर्टका अनुसार, डोनबासमा रुसको रुचि हुनुमा कच्चा पदार्थ उत्पादनको पनि ठूलो भूमिका छ । पूर्वी युक्रेनमा रहेका अनेकौं कम्पनीहरूले महत्त्वपूर्ण कच्चा पदार्थ उत्पादन गरी रुस निर्यात गर्ने गरेका छन् । विशेषगरी रुसको अन्तरिक्ष र रक्षा उद्योगका लागि आवश्यक वस्तुहरू पूर्वी युक्रेनले उपलब्ध गराउने गरेको छ । 

अर्थतन्त्रमा यस्तो योगदान गर्ने डोनबास क्षेत्रलाई युक्रेन कुनै पनि हालतमा गुमाउन चाहँदैन भने रुसले यो क्षेत्र नियन्त्रणमा लिएर युक्रेनलाई कमजोर बनाउने सोच पालिरहेको छ । 

तर युक्रेनले रुसलाई यो अभीष्ट पूरा हुन नदिनका लागि भरपूर कोशिश गर्नेछ । डोनबासको लडाइँ दोस्रो विश्वयुद्ध जस्तै हुने जेलेन्स्कीले पनि बताएका छन् । 

रुसलाई डोनबास नियन्त्रणमा लिन नदिनका लागि पश्चिमले पनि भरमग्दूर कोशिश गर्नेछ । अमेरिकाका राष्ट्रपति जो बाइडनले नेटोका सदस्य मुलुकहरूसँग आकस्मिक बैठक गरेर डोनबासका विषयमा छलफल गर्ने बताइएको छ ।

त्यसमा रुसलाई कसरी रोक्न सकिन्छ भनी चर्चा हुनेछ । अनि युक्रेनलाई घातक हातहतियार उपलब्ध गराउने विषयमा पनि सहमति बन्न सक्नेछ । त्यसो त डोनबास क्षेत्रमा कारवाही चलाउनका लागि युक्रेनी सेनालाई अमेरिका र नेटोले लामो समयदेखि तालिम दिँदै आएको थियो । हालै मात्र अमेरिकाले युक्रेनलाई हावित्जर र रेडार हतियारहरू उपलब्ध गराएको र त्यो चलाउन तालिम पनि दिने घोषणा गरेको छ ।

रुसले मरिउपोलमा अपनाएको युद्ध रणनीति नै डोनबास क्षेत्रमा अवलम्बन गर्ने सीएनएनमा डेनियल एल लेभिस लेख्छन् । यस्तो रणनीतिले डोनबासमा रहेका युक्रेनी सैनिकहरूलाई जोखिममा पार्ने उनको भनाइ छ । 

रुसीहरूले मरिउपोलमा घेराबन्दी गरी त्यहाँ रहेका युक्रेनी सैनिकहरूलाई खाद्यान्न, इन्धन र हातहतियारको पहुँचबाट वञ्चित गरेका थिए । त्यसपछि रुसीहरूले मरिउपोलमा पोजिसनमा रहेका युक्रेनी सैनिकहरूमाथि भारी बम तथा गोलाबारुद आक्रमण गरेका थिए । 

क्रमशः घेराबन्दीलाई कस्दै लगेर रुसीहरूले युक्रेनीहरूलाई नियन्त्रणमा लिने वा मार्ने काम गरे । पानी, खाद्यान्न र हातहतियार सकिएपछि युक्रेनीहरूले आत्मसमर्पण गरेका थिए । 

डोनबासको विशाल क्षेत्रमा यही रणनीतिमा काम गर्नका लागि रुसले बढी सैनिक परिचालन गर्नुपर्ने हुन्छ । यकिन संख्या थाहा नभए पनि रुसले लगभग ६० हजार सैनिक त्यहाँ परिचालन गरेको बताइन्छ । उता डोनबास रक्षाका लागि युक्रेनले ४० हजार सैनिक खटाएको बताइन्छ । 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गरेको अनुमान अनुसार, रुसका ७६ वटा कब्म्याट युनिटहरू डोनबास तथा युक्रेनको दक्षिणी क्षेत्रमा खटिएका छन् । पेन्टागनका प्रवक्ता जोन कर्बीले हालैका दिनमा रुसले आर्टिलरी र स्थल सैनिकको संख्या थपेको बताएका छन् । 

अमेरिकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्नेल डेनियल डेभिसले डोनबासको लडाइँ युक्रेनका लागि सहज नहुने आकलन गरेका छन् । १९४५ डट्कममा प्रकाशित उनको लेख अध्ययन गर्दा रुसले पहिलो चरणमा गरेको भूललाई सुधार्दै डोनबासमा केन्द्रीकृत कारवाही चलाउने देखिएकाले उसलाई रोक्न युक्रेनलाई निकै नै मुश्किल पर्ने निष्कर्ष निकाल्न सकिन्छ । 

डोनबासको लडाइँ रुस र युक्रेन दुवैका लागि महत्त्वपूर्ण छ । यस लडाइँमा रुस विजयी भएमा आफ्नो शर्त मनाउन युक्रेनलाई उसले बाध्य पार्न पाउँछ । युक्रेन नेटोमा नजोडिने र तटस्थ रहने कुराको प्रत्याभूतिका साथै डोनबास क्षेत्र र क्राइमियालाई रुसी भूभागको मान्यता दिन बाध्य हुने स्थिति रुसी विजयले दिलाउनेछ ।

आफ्ना सैनिकहरूलाई विभिन्न ठाउँमा छरेर राखेकाले रुसलाई निर्णायक कारवाही चलाउन गाह्रो परेको थियो र उसका धेरै सैनिक पनि मारिएका थिए । तर रुसी सैनिकहरूमाथि युक्रेनले विश्वसनीय प्रत्याक्रमण चाहिँ नदेखिएकाले युक्रेनी क्षमतामा प्रश्न उठाउने ठाउँ छ । 

रुसी आक्रमणकारीहरूलाई पछि हट्न बाध्य बनाउने पर्याप्त संख्यामा सैनिक तथा सही किसिमको सैन्य उपकरण युक्रेनसँग नरहेको डेभिस लेख्छन् । उनीहरूले अमेरिकाबाट प्राप्त स्टिंगर र जेभलिन मिसाइलका साथै अट्याक ड्रोनहरूको उपयोग गरी डोनबासलाई मजबूत किल्ला बनाउने अनि रुसलाई डोनबास क्षेत्रको पूर्ण घेराबन्दी गर्नबाट रोक्नेसम्मको काम गर्न सक्छन् । त्यसक्रममा उनीहरूले रुसलाई बढीभन्दा बढी रगत बगाउन बाध्य पार्न सक्छन् । 

मुख्य कुरा, युक्रेनीहरूले आफूविरुद्ध घेराबन्दी हुन नदिएर आफ्ना सैनिकहरूलाई खाद्यान्न, पानी तथा हातहतियार उपलब्ध गराइरहन पाए भने रुसलाई अप्ठ्यारो पर्नेछ । तर यसको सम्भावना निकै कम रहेको डेभिसको आकलन छ । 

रुसले इस्कन्दर क्षेप्यास्त्र, टोर्नेडो–एस मल्टिपल रकेट लोन्चर सिस्टम, बीएमडी–४एम एयरबोर्न कब्म्याट भेहिकल्स लगायतका हतियार उपयोग गरेर युक्रेनीहरूलाई गाह्रो पार्न सक्ने सैन्य विश्लेषकहरूको मत छ ।

डोनबासको लडाइँ रुस र युक्रेन दुवैका लागि महत्त्वपूर्ण छ । यस लडाइँमा रुस विजयी भएमा आफ्नो शर्त मनाउन युक्रेनलाई उसले बाध्य पार्न पाउँछ । युक्रेन नेटोमा नजोडिने र तटस्थ रहने कुराको प्रत्याभूतिका साथै डोनबास क्षेत्र र क्राइमियालाई रुसी भूभागको मान्यता दिन बाध्य हुने स्थिति रुसी विजयले दिलाउनेछ । तर अहिलेसम्मको लडाइँमा युक्रेनले गरेको दह्रो प्रतिरक्षा तथा पश्चिमले उपलब्ध गराएको सैन्य सहायतालाई विचार गर्दा रुसलाई विजय पाउनका लागि निकै धेरै संघर्ष गर्नुपर्ने देखिन्छ ।


 

Mega
TATA Below
NLIC
असार ५, २०७९

रुसविरुद्ध युद्ध गर्नका लागि युक्रेनलाई उचालेको पश्चिम अब रुससँग सम्झौता गरेर शान्तिबहाली गर्न युक्रेनलाई फकाउन थालेको छ ।  अमेरिकाको बाइडन प्रशासन, पश्चिमी सञ्चारमाध्यम र नेटो तीनैथरीले रुसी विजयको वास्...

असार ६, २०७९

युक्रेनविरुद्ध सैन्य कारवाही चलाएबापत अमेरिका नेतृत्वको पश्चिमले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको भए पनि त्यसले रुसको अर्थतन्त्रमा कुनै असर पारेको छैन ।  उल्टो, रुसले युक्रेन आक्रमणको १०० दिनमा कीर्तिम...

असार ८, २०७९

बाल्टिक सागरको तटमा रहेको युरोपेली मुलुक लिथुएनियाले कालिनिनग्राड क्षेत्रमा रुसी सामान लैजानबाट रोकेपछि रुसले लिथुएनियालाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।  लिथुएनिया र पोल्यान्डको बीचमा ...

असार १०, २०७९

लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् ।  बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्...

असार ७, २०७९

रुस–युक्रेन द्वन्द्व चार महिना पूरा हुन लाग्दा पनि कुनै टुंगोमा पुग्न सकेको छैन ।  यस युद्धले विशेषगरी युरोपलाई अप्ठ्यारो स्थितिमा ल्याएकाले युरोपका प्रभावशाली मुलुकहरू शान्तिबहालीका लागि प्रयास गर...

असार १२, २०७९

कानुन मन्त्रीबाट राजीनामा गर्ने क्रममा २०७५ साउन ८ गते शेरबहादुर तामाङ रुँदै रुँदै सिंहदरबारबाट बाहिरिएको दृश्य अझैपनि धेरैले बिर्सन सकेका छैनन् । बंगलादेशमा अध्ययनरत छात्राको सम्बन्धमा दिएको एउटा अभिव्यक्तिका ...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x