माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा ८, १० र १२ कक्षाको परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।
पालिकाले सञ्चालन गर्ने ८ कक्षा, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने १२ कक्षाको परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ८, १० र १२ कक्षाका लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैंक निर्माण गर्दैछ । बोर्डले बुधवार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, ‘स्तरीकृत प्रश्नपत्रको बैंकमा सयौं नमूना प्रश्नपत्र समावेश हुनेछ । पालिका वा प्रदेशको पहुँच प्रश्न बैंकमा पुर्याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।’
उनले कम्तीमा ५ वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।
बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र १२ कक्षामा तथा आगामी शैक्षिक सत्र २०८० बाट ८ कक्षामा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ ।
‘एउटा प्रदेशको प्रश्नपत्र सजिलो र अर्काे प्रदेशको प्रश्नपत्र कठिन हुने अवस्थालाई स्तरीकृत प्रश्नपत्रले अन्त्य गर्नेछ,’ बोर्डका सदस्यसचिव दुर्गा अर्यालले थपे, ‘प्रश्न सोधाइमा समान स्तर कायम हुनसके पठनपाठनमा सुधार हुनेछ ।’
बोर्डले शुरूमा अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत प्रश्नपत्र तयार गर्नेछ । आगामी वर्षबाट क्रमशः अन्य विषयमा पनि यस्तो प्रश्नपत्र तयार गरिनेछ । बोर्डले तीनवटै विषयका ३० सेट प्रश्नपत्र तयार गरेको थियो र तिनैबाट १० सेट तयार गरेको छ । त्यसलाई विद्यार्थीमाझ लगेर परीक्षणसमेत गरिसकिएको छ ।
हाल शिक्षकले बढीमा २ घण्टामै प्रश्नपत्र तयार गर्ने गरेका छन् । यसरी प्रश्नपत्र तयार गर्दा हरेक वर्षका प्रश्न दोहोरिने गरेका छन् । ललितपुरको लिटिल एन्जेल्स स्कूलका प्रिन्सिपल मुकुन्दराज शर्माले प्रश्नपत्र तयार गर्न शिक्षकले जाँगर नचलाउने गरेको बताउँदै भने, ‘२ घण्टामै प्रश्नपत्र तयार गर्ने प्रवृत्ति छ । प्रश्नपत्र तयारीमा निकै समस्या देखिएको छ । त्यसैले विद्यार्थी अघिल्ला वर्षका प्रश्नपत्रको सँगालो अभ्यास गरेकै भरमा परीक्षामा उत्तीर्ण हुने गरेका छन् ।’
उनको भनाइसँग शिक्षाविद् प्रा.डा. गणेश सिंहले सहमति जनाउँदै भने, ‘एउटा प्रदेशको प्रश्नको स्तर अर्काे प्रदेशको भन्दा कम हुनु हुँदैन । समान स्तरको प्रश्नपत्र बनाउन स्तरीकृत गर्नैपर्छ ।’
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले व्याख्यात्मक प्रश्न बनाउनुपर्छ भन्दै शिक्षकलाई प्रश्नपत्र तयार गर्न स्तरीकृत नमूना प्रश्नपत्र उपलब्ध गराउनैपर्ने सुझाव दिए । गोरखापत्रमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...